सांसद शर्माको स्वास्थ्य टोली सप्तरीको डाक्नेश्वरीमा, चार सय बिरामीको उपचार
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको स्वास्थ्य टोलीले सप्तरीको डाक्नेश्वरीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी) र नोबेल शिक्षण अस्पतालको संयुक्त टोलीले सप्तरीको डाक्नेश्वरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा चार सय पाँच जना बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । शिविरमा आएका मध्ये ५८ जनाको भिडियो एक्सरे, २७ जनाको ईसीजी, ३५ जनाको ईको तथा ८३ जनाको ल्याब परीक्षण गरिएको थियो ।
त्यस्तै ३८ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रियाका लागि रेफर गरिएका बिरामीको केएमसीमा निःशुल्क उपचार र नोवेलमा ५० प्रतिशत शुल्क लिएर शल्यक्रिया गर्ने व्यवस्था सांसद डा. शर्माले गर्नुभएको छ । राज्यले दुरदराजमा रहेका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा नीजि पहलबाट आफुले थोरै भएपनि राहत हुन्छ भनेर निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको डा. शर्माकाे भनाइ छ ।
0 प्रतिकृया