Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


स्तन क्यान्सर सचेतना महिना भरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा भारी छुट

एक्सन खबर
असोज, १८, २०८१


स्तन क्यान्सर सचेतना महिना भरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा भारी छुट

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको छ । यसै अवसरमा स्तन क्यान्सरको सचेतना, समयमा नै पहिचान र सुलभ रुपमा उपचार सेवा पुर्याउन विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अक्टोवर महिना भरी नै विशेष सहुलियतमा उपचार प्रदान गर्ने योजना ल्याई यो कार्यक्रम मनाउन लागेको हो ।

विश्वभरी नै महिलामा हुने क्यान्सरहरू मध्ये स्तन क्यान्सर पहिलो श्रेणीमा आउने गरेको छ । क्यान्सरको कारण मृत्यु हुनेमा स्तन क्यान्सर पनि प्रमुख रहेको छ । सुरुआती समयमा नै यसको पहिचान भयोभने यो पूर्णरुपमा निको हुन्छ । त्यसैले अस्पतालसम्म आई जाँच गराई स्तन क्यान्सरको पहिचान र उपचारमा संलग्न हुन सहयोग पुग्ने अभिप्रायले नोवेल शिक्षण अस्पतालले मेमोग्राफी परीक्षणमा ७५ प्रतिशत, बायोप्सी परीक्षणमा ५० प्रतिशत र रोग पहिचान भइसकेपछि अन्य सामान्य उपचारमा ५० प्रतिशत, स्तन क्यान्सरको शल्यक्रियामा २५ प्रतिशत र रेडिएसन थेरापीमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

‘क्यान्सरको जनचेतनामा अझै हामीले धेरै गर्न आवश्यक छ ।’ अस्पताल निर्देशक डा. राजेश नेपालले बताए । उनका अनुसार हाल क्यान्सरको पहिचान देखि उपचारका सवै सुविधा नोवेलमा उपलव्ध रहेकोले महिलाहरुलाई परीक्षण गरी स्तन क्यान्सर भए नभएको पहिचान गर्न सजिलो हुने र क्यान्सर भएको पत्ता लागेमा उपचार पनि सहजै प्राप्त गर्न सकिन्छ । ‘पहिला जस्तो अव उपचारका लागि भारत नै जानु पर्ने अथवा भरतपुर गएर महिनौं पालो पर्खनुपर्ने अवस्था छैन ।’ उनी बताउछन् ।  

नोवेलका क्यान्सर रोग विशेषज्ञ डा. प्रदिप भण्डारीका अनुसार स्तन क्यान्सरको उपचारमा शल्यक्रिया, केमो थेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी र रेडिएसन थेरापी आवश्यक पर्दछ । यी सवै सुविधा नोवेलमा उपलव्ध छ । ‘रेडिएसन गर्न नेपाल मै पहिलो पटक भेरियन कम्पनीको एज मेशिन नोबेलमा जडान भएको छ जुन भारतमा पनि औंलामा गन्न सकिने अवस्थामा छ । स्तन क्यान्सरको लागि म्यामोसाइट प्रविधि पनि यहाँ छ ।’ उनी बताउँछन् ।  

सन् १९८५ बाट अमेरिकी क्यान्सर सोसाइटीले सुरु गरेको एक सप्ताहव्यापी स्तन क्यान्सर सचेतना कार्यक्रमबाट सुरु भएको यो अभियान वार्षिक विभिन्न नाराका साथ मनाइने गरिएको छ । यस बर्षको नारा ‘कसैले एक्लै स्तन क्यान्सरको सामना गर्न हुँदैन’ रहेको छ । स्तन क्यान्सरको विषयमा जनचेतना फैल्याएर स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा नै पत्ता लागेको खण्डमा स्तन क्यान्सरको सहजै पूर्ण उपचार सम्भव रहेको छ । 

















0 प्रतिकृया