बाढि पिडितको क्षेत्रमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य टोलीले केही दिन अगाडी परेको अबिरल वर्षाका कारण डुवानमा परेका क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
काठमाडौं मेडिकल कलेजका सात जना चिकित्सकको टोलीले काठमाडौंको डुवानमा परेका सुकुम्बासी बस्तीहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालका अनुसार शिविरमा १५२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा सुगर र डेंगीको पनि परीक्षण भएको छ । शिविर मिसन स्माइल नेपालसँगको सहकार्यमा भएको थियो ।
यसअघि डा. शर्माको निःशुल्क स्वास्थ्य शिविर टोलीले काठमाडौंको गुजेश्वरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा २५५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । शिविर गुजेश्वरी सुकुम्बासी बस्तीमा सञ्चालन गरिएको थियो । गिरिजा प्रसाद फाउण्डेशनसँगको सहकार्यमा बाढिपिडितहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा केएमसीका डाक्टरहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, नसा तथा हाडजोर्नी लगायतका सेवाहरु दिएका थिए । डा. शर्माले बाढिको प्रकोपसँग समुदायमा विभिन्न प्रकारका सरुवा रोगहरु देखापर्ने र कतिपय बिरामीहरुले सहजरुपमा स्वास्थ्योपचार पाउन नसक्ने अवस्था देखिएकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
0 प्रतिकृया