भारतका प्रसिद्ध उद्याेगी रतन टाटाकाे निधन
काठमाडाैं । भारतका प्रसिद्ध उद्याेगी रतन टाटाकाे निधन भएकाे छ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको हाे । उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको थियाे । उनकाे जन्म २८ डिसेम्बर १९३७ मा भएकाे थियाे ।
उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । उनलाई २ दिनअघि आईसीयूमा भर्ना गरिएको भएपनि उनले ‘म ठिक छु, चिन्ता लिनुपर्ने केही छैन’ भनेर सामाजिक सञ्जालमा पोस्ट शेयर गरेका थिए ।
सन् २००८ मा, रतन टाटाले भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार, पद्म विभूषण प्राप्त गरेका थिए । यसअघि सन् २००० मा पनि उनलाई पद्मभूषणबाट सम्मानित गरिएको थियो ।
रतन टाटाको निधनमा भारतकी राष्ट्रपति द्राैपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र माेदी लगायत विजनेश हस्ती, राजनीतिज्ञ, समाजसेवी, कलाकार, उद्याेगी, व्यवसायीले समवेदना प्रकट गरेका छन् ।
0 प्रतिकृया