केएमसीद्वारा पेडियाट्रिक युरोलोजी क्लिनिकमा विशेष छुट दिने घोषणा
एक्सन खबर
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले कार्तिक १ गतेदेखि बाल शल्य चिकित्सा विभागको पेडियाट्रिक युरोलोजी क्लिनिकमा विशेष छुटको घोषणा गरेको छ । केएमसीले १६ वर्ष उमेर सम्मका बालकहरुको उपचारमा २५ प्रतिशत छुटको घोषणा गरेको हो ।
केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालका अनुसार पेडियाट्रिक युरोलोजी क्लिनिकमा १६ वर्षसम्मका बालकहरुको हर्निया, हाइड्रोसिल, अण्डकोषमा नझरेको अण्डा, Hypospadias/ phimosis (पिसाबको मुखमुनी फर्किएको/लिङ्गको छाला नफर्कने अवस्था) को उपचारमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्त रोगको उपचारमा ३ महिनासम्म केएमसीले २५ प्रतिशत छुट दिने घोषणा गरेको हो ।
केएमसीको उक्त छुट अफरमा हर्निया, हाइड्रोसिल, अण्डकोषमा नझरेको अण्डा र पिसाबको मुखमुनी फर्किएको/लिङ्गको छाला नफर्कने अवस्थाका १६ वर्षसम्मका बालकहरुको उपचार हुनेछ ।
केएमसीले आम सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय विशेषज्ञ उपचार सेवा प्रदान गर्न समयसमयमा अफरहरु ल्याउने गरेको छ । अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरुबाट उपचार गरिने भएपनि अन्य नीजि अस्पतालहरुको दाँजोमा केएमसीको उपचार शुल्क सस्तो रहेको छ । नेपाली कांग्रेसका सांसद डा. शुनिलकुमार शर्माले केएमसीको स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गराउनका लागि सबै स्वास्थ्य उपचार सेवामा कम शुल्क तोकिएको छ ।
0 प्रतिकृया