Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


नोबेल मेडिकल कलेज पब्लिक कम्पनीमा रुपान्तरण

एक्सन खबर
असोज, २९, २०८१


नोबेल मेडिकल कलेज पब्लिक कम्पनीमा रुपान्तरण

माेरङ । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड बनेको हो ।

चिकित्सा शिक्षा आयोगले नोबेलसहित चिकित्सा शिक्षा अध्यापन गराउने ६ वटा कलेजको नाम परिवर्तन भएको जनाएको छ । आयोगले जारी गरेकाे सूचना अनुसार होप इन्टरनेसनल कलेजको नाम परिवर्तन गरी होप इन्टरनेसनल कलेज एण्ड हस्पिटल प्रा.लि., कर्णाली कलेज आफ हेल्थ साइन्स प्रा.लि.बाट काठमाडौं मल्टिपल कलेज प्रा.लि. नामाकरण भएकाे छ । 

यस्तै, नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनको नर्भिक कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, श्री मेडिकल एण्ड टेक्निकल कलेजको नाम परिवर्तन गरी श्री कलेज अफ टेक्नोलोजी प्रा.लि., सान इन्स्टिच्युट अफ नर्सिङ प्रा.लि.को नाम शुभेच्छा इन्टरनेसनल हस्पिटल प्रा.लि. कायम भएकाे छ ।

आयोगका अनुसार परिवर्तित नामहरू कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको छ ।















0 प्रतिकृया