Follow us:


Follow us

१० जेठ २०८२, शुक्रवार
१० जेठ २०८२, शुक्रवार


आजदेखि सातौं साफ महिला च्याम्पियनसिप, उद्घाटनमा भारत र पाकिस्तान भिड्दै

एक्सन खबर
कार्तिक, १, २०८१




आजदेखि सातौं साफ महिला च्याम्पियनसिप, उद्घाटनमा भारत र पाकिस्तान भिड्दै

काठमाडाैं । आजदेखि राजधानीमा सातौं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप सुरू हुँदैछ । प्रतियोगितामा आयाेजक नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलङ्का र भुटान सहभागी छन् । 

प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । प्रतियाेगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

साताैं संस्करणमा साविक विजेता बङ्गलादेशसहित ५ पटककाे विजेता भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

साफ च्याम्पियनसिप लगातार तेस्रो पटक नेपालमा आयोजना हुन लागेको हो । नेपाल ६ मध्ये पाँच संस्करणको उपविजेता हाे । भोलि शुक्रबार नेपाल र भुटानकाे प्रतिष्पर्धा हुनेछ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । 

बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सातवटै टोलीका कप्तान र प्रशिक्षकले आफ्नो टोली उपाधी जित्नकै लागि तयारी गरेकाे बताएका छन् । नेपालले यसपाली उपाधि जित्ने गरी तयारी गरेकाे कप्तान एन्जिला तुम्बापो सुब्बा र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दावी गरेका छन् । 

नेपाली टाेली

एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, सजनी थोकर।















0 प्रतिकृया