Follow us:


Follow us

२० असार २०८३, शनिवार
२० असार २०८३, शनिवार


सर्लाहीका बिरामी निःशुल्क उपचारका लागि केएमसीमा (भिडियो सहित)

एक्सन खबर
कार्तिक, ८, २०८१


सर्लाहीका बिरामी निःशुल्क उपचारका लागि केएमसीमा (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले सर्लाहीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट रेफर भएका ९० जना बिरामी केएमसी आएका छन् । गत असोज ३ गतेदेखि सर्लाहीका चार स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट दिर्घरोगी र शल्यक्रिया गर्न रेफर गरिएका बिरामी मध्ये बिहीबार ९० जना उपचारका लागि केएमसी आएका हुुन् । 

सर्लाही जिल्लाको बरथवा नगरपालिकाबाट दिर्घरोगी र शल्यक्रिया गर्न रेफर ९० जना बिरामी अस्पताल आइपुगेको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । ‘सुरुमा ७० जना बिरामी आउनु भएको थियो । अहिले ९० जना पुगिसक्नु भयो । बिरामीहरु आउने क्रम जारी छ । रेफर भएर आएका सबै बिरामीहरुलाई अस्पताल छिरेदेखि डिस्चार्ज नहुञ्जेलसम्म औषधी वाहेक सम्पूर्ण सेवा निःशुल्क गरेका छौं ।’ प्रबन्धक दाहालले भन्नुभयो । 

सो अवसरमा बोल्दै दाहालले केएमसीले पछिल्लो समय स्वास्थ्य सेवामा भित्रिएका नविनतम सेवाहरु भित्र्याएको जानकारी गराउनु भयो । ‘केएमसीमा टाउकाको नसादेखि हातखुट्टाका नसाहरुमा रगत ब्लक भएकाहरुको उपचारको लागि एडभान्स क्याथल्याब जडान गरिसकेको, नेपालमै सबैभन्दा सस्तो रेटमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिसकेको, कलेजो प्त्यारोपणको सेवा थाल्न अनुमति पाइसकेको, किड्नीको ढुङ्गा फुटाएर निकाल्न थुलिएम लेजर प्रविधि सुरु गरेको, अत्याधुनिक ३ टेस्ला एमआरआई सञ्चालन गरिसकेको छ ।’ उहाँले केएमसीमा सबै प्रकारका उपचारहरु सर्वसुलभ शुल्कमा भइरहेको र चाँडै नै क्यान्सरको समेत उपचार सुरु गर्ने जानकारी गराउनु भयो । 

केएमसीमा उपचारार्थ आएका बिरामीहरुले रोगले थलिएर बसेको अवस्थामा सांसद सुनिल कुमार शर्मा भगवान बनेर आएको बताए । एउटा सिटामोल नपाएर मृत्युको मुखमा पूग्ने अवस्थाका गरिब किसानलाई बचाउन सांसद शर्माले ठूलो काम गरेको बताउँदै उनीहरुले भने,‘हाम्रो समस्यालाई बुझेर सांसद सुनिल शर्माले जुन सहयोग गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौं । उहाँ समाजवादी चिन्तक हुनुहुँदो रहेछ । सरकारले गर्न नसकेको काम गर्नुभयो । यो धेरै ठूलो भार हो । उहाँले गरेको समाजसेवाको कुनै शब्दले ब्यक्त गर्न सकिँदैन ।’

नेपाली कांगेस सर्लाही क्षेत्र नं. १ क्षेत्रीय सभापति हरि लुङ्गेलीले आफ्नो हैसियतले उपचार गर्न नसकी घरमै बसिरहेकाहरुको जीवन बचाएर बाँच्न पाउने अधिकारको सम्मान गर्दै ठूलो गुण लगाएको बताउनु भयो । उहाँले स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्त गराउने कार्य गर्नुभएका सांसद शर्मा प्रति आभार प्रकट गर्नुभयो । केएमसीमा रेफर भएर आउका बिरामीहरुले उपचारको क्रममा लाग्ने औषधी र अप्रेसनमा लाग्ने स्वास्थ्य सामग्री जुटाउनु पर्र्छ । बेड चार्ज, ल्याब परीक्षण, अप्रेसन शुल्क, डाक्टरको शुल्क लिइएको छैन । 

मधेस प्रदेशको दुरदराजमा बस्ने जनताहरुको शिविर सञ्ञ्चालन गरिएको थियो । १३ सयले स्वास्थ्य जाँच गराएकोमा १६१ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको थियो । 















0 प्रतिकृया