Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


केकी र काशीराम अभिनित ‘ए मेरो परदेशी’ सार्वजनिक

एक्सन खबर
कार्तिक, २४, २०८१




केकी र काशीराम अभिनित ‘ए मेरो परदेशी’ सार्वजनिक

विराटनगर । गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली युवा युवतीको जीवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ ।

लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत काशीराम सुनारको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरिएको छ । बिभिन्न दुःख पिडामा परेका नेपाली लाई उद्धार गर्दै आए काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वदेश आएका गीतकारले मौकाको सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए । 

दिनेश पराजुलीको छायाँकन, दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ । गीतका नायिका केकी अधिकारी र काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।

हेर्नुहाेस् भिडियाे













0 प्रतिकृया