Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन

एक्सन खबर
कार्तिक, २७, २०८१




कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन

भक्तपुर । स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा सडक बन्न नसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । 

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरका सडक विस्तार तथा बाधा व्यवधानका विषयमा छलफलका लागि गएको टोलीलाई सडक डिभिजन कार्यालय भक्तपुरले स्थानीय बासिन्दा र कार्यालय तथा ठेकेदारको विवादका कारण दुवाकोटको पहिरो नियन्त्रण हुन नसकेको बताएका हुन् । 

भक्तपुर क्षेत्र नम्बर १ (क) मा रहेका बाटो तथा सडकहरू निर्माण तथा मर्मत संभारको विषयमा बारम्बार कुरा उठ्न थालेपछि श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले विभिन्न सडकहरूको विषयमा सडक डिभिजन कार्यालय भक्तपुरलाई जानकारी गराउँदै सडक बन्न ढिलासुस्तीको विषयमा ध्यानाकर्षण गराएको थियो । 

सडक डिभिजन कार्यालय अन्तर्गत पर्ने प्रस्तावित वीर अस्पताल सडक, भत्केपाटी नगरकोट सडक लगायतका सडकको विषयमा उहाँहरूले जानकारी तथा निर्माणमा ढिलाइको विषयमा कार्यालयलाई ध्यानाकर्षण गराउनुभएको थियो । 

सोही क्रममा सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले प्रस्तावित वीर अस्पताल सडक अन्तर्गत दुवाकोट खड्का डिलमा भने स्थानीय बासिन्दा र सडक डिभिजनको कुरा मिल्न नसक्दा पहिरो नियन्त्रण तथा बाटो निर्माणमा ढिलाइ भएको जानकारी दिनुभएको थियो । ‘पहिरो ठुलो छ स्टेप स्टेप गरी नबनाई हुँदैन तर स्थानीयले प्लम वाल लगाउनु पर्ने भन्दै हुनुहुन्छ । विवादका कारण बजेट फिर्ता जाने अवस्था बनिरहेकाे छ ।’ उहाँले भन्नुभयाे । 

जनप्रतिनिधि तथा स्थानीयले त्यहाँको विवाद समाधान गरिदिए एक साता देखि नै काम गर्न लगाउने उहाँले प्रतिबद्धता समेत गर्नुभएको छ । खड्का डिलमा सडककाे धेरै भागमा पहिरो गएको छ । उक्त स्थानमा स्टेप गरी ग्याभिन वाल नै लगाउनु पर्नेछ । प्लम वाल लगाउँदा ठाडो र थेग्न नसक्ने हुँदा स्थानीय जग्गा धनीहरूसँगको विवाद समाधान गरी बाटो बनाउन सहजीकरणको लागि कार्यालय प्रमुख तथा साइड इन्जिनियरले अनुराेध गर्नु भएकाे छ ।

प्रदेश सभा सदस्य श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सचिव तथा पूर्व वडाध्यक्ष राजेश खड्का, चाँगुनारायण नगर सभापति तथा पूर्व वडाध्यक्ष शिवहरि केसी, चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की, वडा सभापतिहरू नरेन्द्र श्रेष्ठ र रिगेन कार्की लगायत चाँगुनारायणका स्थानीयको उक्त ध्यानाकर्षणमा सहभागिता रहेको थियो । 













0 प्रतिकृया