Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर दोलखाको विगुमा

एक्सन खबर
कार्तिक, २८, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर दोलखाको विगुमा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर दोलखाको विगु गाउँपालिकामा सम्पन्न भएको छ । कारितास नेपालको आयोजनामा विगु, सिँगटीमा सञ्चालित शिविरबाट ६ सय ३ जना बिरामी लाभान्वित भएका छन् । 

शिविरमा ७७ जनाको इसिजी, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको ल्याब परीक्षण गरिएको काठमाडौं मेडिकल कलेजका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार शिविरमा ४३ जनाको दाँत समेत निकालिएको थियो भने, थप उपचारका लागि ३७ जनालाई रेफर गरिएको थियो । 

शिविरमा केएमसीका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, जनरल मेडिसिन, बाल रोग, नसा तथा हाडजोर्नी सम्बन्धी सेवाहरु दिइएको थियो । 

दुरदराजमा रहेका नागरिकलाई घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सांसद सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविर चलाउनु भएको हो । शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न नागरिक लाभान्वित भइरहेका छन् । 

a












0 प्रतिकृया