Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ मा, लाभांश वितरण गर्ने प्रस्ताव

एक्सन खबर
मंसिर, ३, २०८१




फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ मा, लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले  साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी मङ्सिर २८ गते शुक्रबार सुनसरीमा साधारणसभा बोलाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । 

उक्त लाभांश लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भने, मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस्तै विशेष प्रस्तावका रुपमा संस्थाले अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिकालागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका सो सम्बन्धी आवश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विषय पनि राखेको छ । 

सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्ड ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउँदै आएको लघुवित्त संस्था हो । गाउँगाउँमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकत्रित गर्दै समुह मार्फत महिलाहरुमा लगानी गर्ने र उनीहरुलाई सीपमुलक आय आर्जनमा लगाउन प्रेरित गर्दै आइरहेको छ । 














0 प्रतिकृया