च्यासलमा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर टाेलीले ललितपुरकाे च्यासलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । शिविरमा काठमाडौँ मेडिकल कलेज (केएमसी) काे स्वास्थ्य टोलीले ४५५ जना बिरामीकाे स्वास्थ्य जाँच गरेका छन् ।
हिमालयन इन्जिनियरिङ कलेजको आयोजनामा कलेजको भवनमा भएको शिविरमा ४५५ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवम् प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे ।
शिविरमा १०३ जनाको ल्याब परीक्षण, ८७ जनाको ईसीजी, ७५ जनाको भिडियो एक्सरे गरिएको थियो । शिविरमा नाक कान घाँटी, आँखा राेग, जनरल मेडिसिन, स्त्री राेग, बाल राेग, नसा तथा हाडजाेर्नी, दन्त राेग लगायतका सेवाहरू प्रदान गरिएकाे थियाे ।
साथै, २७ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि केएमसी रेफर समेत गरिएकाे छ । सांसद शर्माले गरिब, विपन्न समुदायका लागि घरदैलाेमै निःशुल्क स्वास्थ्य सेवा पुर्रयाउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु भएकाे हाे ।
0 प्रतिकृया