नेपाल इन्जिनियरिङ कलेजले माग्यो प्राध्यापकहरु
एक्सन खबर
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्राध्यापक, सहायक प्राध्यापक र उपप्राध्यापक माग गरेको छ । कलेजले शुक्रबार एक सूचना प्रकाशित गरी उक्त पदहरुमा दखास्त आब्हान गरेको हो ।
कलेजले जारी गरेको सूचना अनुसार इन्जिनियरिङ विधाका विभिन्न विषयहरु अध्यापनका लागि प्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक दरखास्त आब्हान गरिएको छ । कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका लागि पिएचडी वा कम्प्युटर इन्जिनियरिङ÷विज्ञान विषय लिएर स्नातकोत्तर साथमा बी.ई. कम्प्युटर गरेकाहरुले आवेदन दिन सक्नेछन् ।
कलेज प्रशासनले इच्छुक उम्मेदवारले बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, इन्जिनियरहरुका लागि नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र सहित शिक्षण पेशाको अनुभव समेत पेश गर्नुपर्ने जनाएको छ । दरखास्त मंसिर १७ गतेसम्म पेश गर्नुपर्नेछ ।
पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित बोर्ड मार्फत सञ्चालित छ । यहाँ इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ ।
थप जानकारीका लागि हेर्नुहोस् ।
0 प्रतिकृया