Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


सामाजिक सुरक्षा दिवसमा काठमाडाैं मेडिकल कलेज सम्मानित

एक्सन खबर
मंसिर, ११, २०८१




सामाजिक सुरक्षा दिवसमा काठमाडाैं मेडिकल कलेज सम्मानित

काठमाडाैं । गरिब, असहाय र विपन्न नागरिककाे स्वास्थ्य उपचारमा याेगदान पुर्याउँदै आएकाे काठमाडाैं मेडिकल कलेज (केएमसी) सम्मानित भएकाे छ । साताैं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमै सबैभन्दा बढी सामाजिक सुरक्षा काेषमा आबद्ध सदस्यहरूकाे उपचारमा याेगदान पुर्याएकाे भन्दै केएमसीलाई सम्मानित गर्नु भएकाे हाे । 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको केएमसीले बागमती प्रदेशका मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरू मध्ये सबैभन्दा धेरै सामाजिक सुरक्षा काेषमा आबद्ध सदस्यहरूकाे उपचार गरेर सम्मानित भएकाे हाे । 

बागमती प्रदेशबाट सामाजिक सुरक्षा कोषमा योगदान गर्ने तथा निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल तथा मेडिकल कलेजहरु मध्येबाट पहिलो भई केएमसीले प्रशंसापत्र प्राप्त गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विशेष कार्यक्रमबीच दाहाललाई सम्मानपत्र प्रदान गर्नुभयाे । आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोषको उपचार सेवा विस्तार गर्ने घोषणा गर्नुभयाे । कोषले योगदानकर्ता अस्पतालमा भर्ना भई उपचार गर्दा हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा अब १० लाख रुपैयासम्मको उपचारमा ५० प्रतिशत कोषले बेहोर्ने प्रधानमन्त्रीकाे घाेषणा छ । औपचारिक योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्ष सम्मका छोराछोरीमा समेत विस्तार गरिएकाे छ ।

सांसद डा. शर्माकाे केएमसी र नोबेल शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका दुर्गमदेखि सुगम स्थानका गरिब, असहाय नागरिककाे सुविधाका लागि निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 













0 प्रतिकृया