Follow us:


Follow us

२ कार्तिक २०८३, आइतवार
२ कार्तिक २०८३, आइतवार


कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने शेखर काेइरालाकाे उद्घाेष

एक्सन खबर
पौष, ६, २०८१


कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने शेखर काेइरालाकाे उद्घाेष

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने शेखर काेइरालाकाे उद्घाेष गरेका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै काेइरालाले २०८४ काे निर्वाचनमा नेपाली कांग्रेसलाई एक्लै लड्ने पार्टी बनाउने बताएका हुन् । 

‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ ।’ त्यसको जिम्मा आफूले लिने उनले बताए । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेकाे बताए । ‘बिगतमा तपाईहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन । अब १५ औं महाधिबेशन पछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन ।’ कोइराला भने । 

कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन समयमै हुनुपर्ने भन्दै महाधिवेशन समयमा नभए पार्टी कमजोर हुने पनि जिकीर गरे । पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्ने भन्दै उनले देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्नेमा जाेड दिए । 

यस्तै, कांग्रेस र एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको कोइरालाले दाबी गरे । उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर सरकारको कार्यशैली भने सन्तोषजनक देखिएकाे छैन ।’ उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए । 

सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ ओटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफल पछि सकिएको थियो । कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए । जिल्लागत रुपमा जिल्लाका समस्याहरुको बारेमा नौ ओटै जिल्लालाई सम्बोधन समेत गरेका थिए । 

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए । १५ औं महाधिवेशनमा आफूहरु डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । र, पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए ।















0 प्रतिकृया