Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


‘महाधिवेशन २०८१ भित्रै हुनुपर्छ, किन्तु परन्तु भन्न पाइँदैन’ डा.शेखर

एक्सन खबर
पौष, ६, २०८१




‘महाधिवेशन २०८१ भित्रै हुनुपर्छ, किन्तु परन्तु भन्न पाइँदैन’ डा.शेखर

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ सालभित्रै हुनुपर्ने बताएका छन् । आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका उनले पार्टीकाे महाधिवेशन विधान अनुरूप हुनुपर्ने भन्दै किन्तु परन्तु भनेर महाधिवेशन सार्न नपाइने पनि बताएका छन् । 

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका काेइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘अबको कांग्रेस बलियो र गतिशील हुनुपर्छ । त्यसका लागि १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइदैन ।’

महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने, नयाँ कार्यदिशा तय गर्ने भएकाले महाधिवेशन बेलैमा हुनुपर्नेमा डा. शेखरकाे जोड छ । नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनकाे तर्क छ ।

पार्टीमा एकता नभएको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानी सहित जिल्लाका सबै साथीहरुले पहल गर्नु पर्ने बताए । अहिले कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको भन्दै उनले बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोमा आफू चिन्तित रहेको बताए । 

डा. कोइरालाले पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आवश्वस्त हुन भनेका थिए । अब पार्टीभित्र न्याय हुने र त्यसको जिम्मा आफूले लिने उनकाे भनाइ छ । उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्रको स्थापनfका लागि प्रजातान्त्रिक सेनानीको भूमिका महत्वपूर्ण रहेकाले पार्टीले त्यागको आधारमा सम्मान गर्नुपर्ने बताए । ‘विगतमा पार्टीभित्र लोकतान्त्रिक संस्कृति थियो । अहिले त्यो छैन । त्यसका लागि तपाईहरुले पहल गर्नुपर्छ ।’ डा. शेखरले भने । 

कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको भन्दै डा. काेइरालाले  छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थीरता कायम गर्न दुई ठूला दलको सरकार बनाइएकाे जिकीर गरे । तर सो अनुसार गठबन्धन सरकारले राम्राे परिणाम दिन नसकेको काेइरालाकाे ठहर छ । एमालेसँग नेपाली कांग्रेसले सहकार्य र प्रतिष्पर्धा सँगसँगै गर्नु परेको बताउँदै उनले भने,‘सरकारमा सहकार्य र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेकाले कांग्रेस चनाखो हुनुपर्छ ।’

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । उक्त भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाहरुको तोकिएको समयमा महाधिवेशन हुनुपर्ने बताए । सुदूरपश्चिम भ्रमणमा डा. शेखरसँग कांग्रेस नेता डा. सुनिल शर्मा लगायत नेताहरू सहभागी छन् ।














0 प्रतिकृया