एमडीआरटी विजेता राईलाई सानिमा रिलायन्स जाेरपाटीद्वारा सम्मान
काठमाडाैं । विश्व अभिकर्ताहरुको अन्तराष्ट्रिय मञ्च (एमडीआरटी) काे विजेता भएकाेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स जोरपाटी शाखाको बरिष्ठ एजेन्सी मेनेजर रमेश कुमार राईलाई सम्मान गरिएकाे छ । छोटो समयमा नै विश्व अभिकर्ताहरुको अन्तराष्ट्रिय मञ्चकाे बिजेता बनेकाेमा राईलाई सम्मान गरिएकाे हाे ।
एमडिआरटी विजेता राईलाई रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, डेपुटी प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, जाेरपाटी शाखाका प्रमुख लक्ष्मण पराजुली लगायतले सम्मान गरेका थिए ।
इन्स्याेरेन्सकाे जाेरपाटी शाखाबाटै पहिलाे पटक अन्तराष्ट्रिय मञ्चकाे विजेता भएकाेमा राईलाई सम्मान गरिएकाे शाखा प्रमुख लक्ष्मण पराजुलीले बताए । ‘उहाँले व्यवसायीक रूपमा आफ्नाे पेशाप्रति देखाउनु भएकाे इमान्दारिता र लगनशीलताका कारण याे स्थानमा पुग्न सफल हुनुभएकाे हाे, उहाँले हासिल गर्नु भएकाे सफलतामा हामी कृतज्ञ छाैं ।’ शाखा प्रमुख पराजुलीले बताए ।
पेशाप्रति इमानदारीता, लगनशीलता सहित अनुशासनमा बस्दै काम गरेकाे र सबैको साथले आफु एमडिआरटी बिजेता बन्न सफल भएको राईले बताए । राईले गरिब, विपन्न आय भएका तथा वित्तीय क्षमता कम भएका व्यक्तिहरूमा बिमाको दायरा ल्याउन जरुर भएको पनि बताए ।
0 प्रतिकृया