Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


चन्द्रागिरीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, २०, २०८१




चन्द्रागिरीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले चन्द्रागिरी नगरपालिकामा ५६८ जनाको निःशुल्क स्वास्थ्योपचार गरेको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी) सँगको सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ५६८ जना सर्वसाधारणको उपचार गरिएको हो । 

चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ९ को आयोजनामा वडा कार्यालयमा भएको स्वास्थ्य शिविरमा ६४ जनाको ल्याब परीक्षण, ८४ जनाको भिडियो एक्सरे, ६८ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २८ जनाको दाँत खोलिएको छ भने, ३६ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । 

शिविरमा केएमसीका डाक्टरहरुले नाक कान घाँटी, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, आँख रोग, दन्त रोग सम्बन्धी सेवाहरु दिएका थिए । सांसद शर्माले आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहनु भएको छ । 















0 प्रतिकृया