‘एलओडी’ क्लब पुनः ‘डिजे म्याग उत्कृष्ट १००’ को छनाैटमा
काठमाडौं । नेपालकाे चर्चित नाइट क्लब ‘एलओडी’ क्लब ‘डिजे म्याग उत्कृष्ट १००’ को छनाैटमा परेको छ । युकेस्थित डिजे म्यागले सन् २०२५ को लागि छनौट गर्ने उत्कृष्ट क्लबहरूकाे सूचीमा एलओडी क्लब छनाैटमा पुन: परेको हो ।
यसअघि ‘एलओडी’ सन् २०२२ मा ५२, सन २०२३ मा ४९ र सन् २०२४ ५० औँ स्थानमा क्लब विश्वको उत्कृष्ट सूचीमा परिसकेको क्बल हाे । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्दछ ।
उत्कृष्ट १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ । एलओडीलाई अनलाइन भोट गर्न क्युआर स्क्यानपछि डिजे म्यागको वेभ साइटमा जानुपर्छ । भाेटिङका लागि पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ ।
डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ‘इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, शहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौं शहरको नाम उल्लेख गर्नुपर्नेछ ।
भाेटिङका लागि यहाँ क्लिक गर्नुहाेस्
एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेशनमा परिसकेकाले क्लबिङ् व्यवसायमा अझ बढी जिम्मेवार भएर जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताउनु भएकाे छ । व्यवसायमा राष्ट्र पनि सँगसँगै जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान स्थापित गर्न टेवा पुग्ने विस्वास लिइएकाे छ ।
क्लब नोमिनेशनमा परेसँगै भोटिङ अभियान सुरु गरिसकेको कुँवरले जानकारी दिए । विगतका दिनमा जस्तै विभिन्न माध्यमबाट भोटिङ अभियान चलाउने उनको भनाइ छ ।
काेभिड-१९ अगाडीबाट सञ्चालनमा आएकाे एलओडी शहरी जीवनमा अभ्यस्त युवाहरूकाे मनाेरञ्जन गर्ने स्थलका रूपमा परिचित भएकाे छ । एलओडीमा अन्तर्राष्ट्रिय डि एण्ड वी अडियो टेकनिक साउन्ड सिस्टम र हाइड्रोलिक लाइट्स सिस्टम युक्त एरेना-शैलीको स्टेजको साथ रक बार रहेकाे छ । एलओडीमा विश्वका प्रख्यात कलाकारहरूले प्रस्तुति दिइसकेकाले यसकाे लाेकप्रियता बढ्दाे छ ।
0 प्रतिकृया