Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


सांसद भगबती चाैधरीलाई महाकुम्भ मेलामा भाजपा नेताहरूद्वारा भब्य स्वागत

एक्सन खबर
माघ, २३, २०८१




सांसद भगबती चाैधरीलाई महाकुम्भ मेलामा भाजपा नेताहरूद्वारा भब्य स्वागत

काठमाडाैं । पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद भगबती चौधरीलाई भारतको बनारसमा भाजपा नेताहरूले भब्य स्वागत गरेका छन् । सांसद चाैधरी उत्तर प्रदेशका सीप विकास मन्त्री कपिल देव अग्रवालको निमन्त्रणामा प्रयागराजमा लागिरहेको १४४ वर्षे महाकुम्भ मेलामा सहभागी हुन स्थानीय जनप्रतिनिधि सहित माघ १७ गते गएकी थिइन् ।

सांसद चाैधरी नेतृत्वकाे टाेलीलाई बनारसमा उत्तर प्रदेशका विधायक धर्मेन्द्र सिंह, गाउँ पञ्चायत मेयर राजा दूबे लगायतले भव्य स्वागत गरेका थिए । नेपाल भारत बिच सामाजिक, सांस्कृतिक, धार्मिक समानता रहेको भन्दै महाकुम्भ मेलामा आएकोमा उनीहरूले सांसद चाैधरीलाई स्वागत एवम् धन्यवाद दिए । साथै उनीहरूले सुनसरीकाे पवित्र तिर्थस्थल बराहक्षेत्र लाग्ने कुम्भमेलामा आउने प्रतिद्धता पनि जनाए । 

नेपाली प्रतिनिधि टोलीमा पूर्वमन्त्री चौधरी सहित, राष्ट्रिय थारु आयोगका सदस्य भोलाराम चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, नेकपा (एमाले) कोसी प्रदेश कमिटी सदस्य माया पोख्रेल, गढी वडा नं २ का वडा अध्यक्ष प्रभाकर माझी लगायत सहभागी रहेका थिए । 

महाकुम्भ मेलामा नेपाली टोलीलाई विश्व हिन्दु महासंघका अध्यक्ष डा. प्रविण भाई तोगडिया लगायत राष्ट्रिय बजरंग पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । मेलामा रहँदा नेपाली टोलीलाई छुट्टै सेल्टरमा राखिएको थियो । उक्त सेल्टरमा सुरक्षा व्यवस्थापन उत्तर प्रदेश सरकारले गरेको र खाने बस्ने व्यवस्थापन विश्व हिन्दु महासंघले गरेको थियाे । कुम्भ मेला प्रवेश, मेला भ्रमण, र मेलाबाट फर्किँदा मेला स्थल भन्दा ५ किलोमिटर बाहिरसम्म उत्तर प्रदेश प्रहरीको गाडीले स्कर्टिङ्ग गरेको थियाे । 

महाकुम्भ मेलामा सहभागिताले नेपाल भारतको सम्बन्धमा भाइचारा विकास भएको भन्दै विश्व हिन्दु महासंघका पदाधिकारीहरुले पूर्वमन्त्री चौधरीको प्रशंसा गरेका थिए । साे क्रममा पूर्वमन्त्री चौधरीले सुनसरीको बराहक्षेत्रमा लाग्ने कुम्भ मेलामा सहभागी हुन् आग्रह गर्दै मेला आयोजक, उत्तर प्रदेश सरकार, विशेष रूपमा मन्त्री अग्रवाल तथा विश्व हिन्दु महासंघ लाई धन्यवाद दिँदै महाकुम्भ मेलाले विश्वभर छरिएर रहेका कराेडाैं सनातन धर्मावलम्बीहरूलाई एकाकार गर्न सफल भएकाे बताइन् । 




















0 प्रतिकृया