Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको मण्डन देउपुरमा

एक्सन खबर
फागुन, १५, २०८१


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको मण्डन देउपुरमा

काठमाडौं । गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर लगेर रोग र शोकले थलिएका जनताको उपचारमा टेवा पुर्याउँदै आएका मोरङ क्षेत्र नं. ३ का सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काभ्रेको मण्डनदेउपुरमा ४९३ जनता बिरामी लाभान्वित भएका छन् । 

नाल्दुम युवा क्लबसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा ३७ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण, ५७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ९ जनाको दाँत निकालिएको थियो भने, १९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । 

शिविरमा केएमसीका चिकित्सकहरुले नाक कान घाँटी, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतको सेवाहरु दिएका थिए । सांसद शर्माले सर्वसाधारण नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भइरहेको छ । शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, असहाय नागरिकले बढी लाभ लिइरहेका छन् । 
















0 प्रतिकृया