Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित

एक्सन खबर
फागुन, २५, २०८१




सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढी बिरामी लाभान्वित भएका छन् । निःशुल्क स्वास्थ्य शिविर मार्फत जनताको सेवामा सक्रिय मोरङ क्षेत्र नं. ३ का सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट सिन्धुपाल्चोकको नवलपुरमा १२०३ जना बिरामी लाभान्वित भएका हुन् । 

इन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले बिरामीहरुको स्वास्थ्य जाँच गरेको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा १३३ जनाको भिडियो एक्सरे, १०३ जनाको इसिजी, १०९ जनाको ल्याब परीक्षण तथा ३५ जनाको इको गरिएको छ । प्रबन्धक दाहालका अनुसार शिविरमा १४ जनाको दाँत निकालिएको छ भने, ८८ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । 

शिविरमा केएमसीका चिकित्सकहरुले नाक कान घाँटी, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतको सेवाहरु दिएका थिए । सांसद शर्माले सर्वसाधारण नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भइरहेको छ । शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, तथा विपन्न नागरिकले लाभ लिइरहेका छन् । 















0 प्रतिकृया