Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित

एक्सन खबर
फागुन, २५, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढी बिरामी लाभान्वित भएका छन् । निःशुल्क स्वास्थ्य शिविर मार्फत जनताको सेवामा सक्रिय मोरङ क्षेत्र नं. ३ का सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट सिन्धुपाल्चोकको नवलपुरमा १२०३ जना बिरामी लाभान्वित भएका हुन् । 

इन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले बिरामीहरुको स्वास्थ्य जाँच गरेको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा १३३ जनाको भिडियो एक्सरे, १०३ जनाको इसिजी, १०९ जनाको ल्याब परीक्षण तथा ३५ जनाको इको गरिएको छ । प्रबन्धक दाहालका अनुसार शिविरमा १४ जनाको दाँत निकालिएको छ भने, ८८ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । 

शिविरमा केएमसीका चिकित्सकहरुले नाक कान घाँटी, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतको सेवाहरु दिएका थिए । सांसद शर्माले सर्वसाधारण नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भइरहेको छ । शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, तथा विपन्न नागरिकले लाभ लिइरहेका छन् । 















0 प्रतिकृया