Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


समिक्षा र रूद्रसेनकाे हाेली सरर... सार्वजनिक

एक्सन खबर
फागुन, २६, २०८१




समिक्षा र रूद्रसेनकाे हाेली सरर... सार्वजनिक

बर्दिवास । होली पर्वको अवसरमा गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनले यो गीत गाएका हुन् । गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ ।

ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै रुद्रसेनले भने, ‘आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !’

गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । साथै, स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध छ । 

हेर्नुहाेस् भिडियाे..














0 प्रतिकृया