काठमाडौंको चुच्चेपाटीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले काठमाडौंको चुच्चेपाटीमा ५६८ जनाको निःशुल्क उपचार गरेको छ । काठमाडौं मेडिकल कलेजका चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिवरमा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा ११८ जनाको भिडियो एक्सरे, ९६ जनाको इसिजी, ९८ जनाको ल्याब परीक्षण गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २६ जनाको दाँत खोलिएको थियो भने, शिविरबाट २८ जनालाई थप उपचारका लागि रेफर गरिएको छ ।
सेन्ट लरेन्स कलेजसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको समन्वय मैजुकुमारी सामुदायिक सेवा समाजले गरेको थियो । शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुति, नाक कान घाँटी, बाल रोग, आँखा रोग सम्बन्धी सेवाहरु दिइएको थियो ।
सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले सांसद सुनिल कुमार शर्मासँगको सहकार्यमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । निःशुल्क स्वास्थ्य शिविरबाट दूरदराजमा रहेका गरिब, विपन्न देखि शहरी क्षेत्रमा रहेका जनता समेत लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया