Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


काठमाडौंको चुच्चेपाटीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
चैत, १९, २०८१


काठमाडौंको चुच्चेपाटीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले काठमाडौंको चुच्चेपाटीमा ५६८ जनाको निःशुल्क उपचार गरेको छ । काठमाडौं मेडिकल कलेजका चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिवरमा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । 

शिविरमा ११८ जनाको भिडियो एक्सरे, ९६ जनाको इसिजी, ९८ जनाको ल्याब परीक्षण गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २६ जनाको दाँत खोलिएको थियो भने, शिविरबाट २८ जनालाई थप उपचारका लागि रेफर गरिएको छ । 

सेन्ट लरेन्स कलेजसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको समन्वय मैजुकुमारी सामुदायिक सेवा समाजले गरेको थियो । शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुति, नाक कान घाँटी, बाल रोग, आँखा रोग सम्बन्धी सेवाहरु दिइएको थियो । 

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले सांसद सुनिल कुमार शर्मासँगको सहकार्यमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन  गर्दै आइरहेको छ । निःशुल्क स्वास्थ्य शिविरबाट दूरदराजमा रहेका गरिब, विपन्न देखि शहरी क्षेत्रमा रहेका जनता समेत लाभान्वित भइरहेका छन् ।  













0 प्रतिकृया