Follow us:


Follow us

१० जेठ २०८२, शुक्रवार
१० जेठ २०८२, शुक्रवार


‘सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यक्ता अनुरुप छ’ सांसद भगबती चौधरी (भिडियाे सहित)

एक्सन खबर
बैशाख, २३, २०८२




‘सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यक्ता अनुरुप छ’ सांसद भगबती चौधरी (भिडियाे सहित)

काठमाडौं । नेकपा एमालेकी सांसद तथा पूर्वमन्त्री भगबती चौधरीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सन्तुलित, यथार्थपरक, वस्तुपरक र राष्ट्रिय आवश्यक्ता अनुरुप भएको बताउनु भएको छ । संघीय संसदको निती तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले विगतका सरकारका नीति तथा कार्यक्रम भन्दा यो पटकको नीति तथा कार्यक्रम राष्ट्रिय आकांक्षालाई पुरा गर्ने गरी आएको बताउनु भयो । 

‘यो नीति तथा कार्यक्रम बर्तमान समयमा यथार्थपरक, वस्तुपरक, राष्ट्रिय आवश्यक्ता अनुरुपको छ । युवा लक्षित, स्वरोजगारमुखी छ ।’ सांसद चौधरीले युवा स्वरोजगार, स्टार्टअप विजनेशलाई प्रोत्साहन, आपतकालिन आवासको व्यवस्थापन, निर्माण, अब्यवस्थित सहरलाई व्यवस्थित गर्ने साना तथा मझौला उद्योगीलाई व्यवसायीमुखी बनाउने नीति तथा कार्यक्रमको विशेषता रहेको भन्दै भन्नुभयो । 


यस्तै उहाँले रोजगार सृजना गर्न गरिबी न्यूनिकरण गर्नको लागि सहकारीताको मोडालिटीको प्रावधान आउनु सवल पक्ष रहेको बताउनु भयो । गुणस्तरीय शिक्षामा निजी विद्यालय र सामुदायिक विद्यालयहरुको पाठ्यक्रममा एकरुपता गर्ने, इ–लर्निङ जस्ता विषयहरु नीति तथा कार्यक्रममा समेटिनु सकारात्मक रहेको जिकीर गर्नुभयो । 

यस्तै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र खोजमुलक बनाउँदै पढ्दै काम गर्ने, स्वरोजगार शिक्षा प्रणालीलाई बढोत्तरी गर्ने, उत्पादन र उत्पादकत्वमुखी, कृषि इको सिस्टम, डिजिटल बैंकिङ जस्ता कुराहरु नीति तथा कार्यक्रममा आउनु महत्वपूर्ण रहेको उहाँको धारणा छ । उहाँले नीति तथा कार्यक्रम अनुसार १६ औं पञ्चवर्षीय योजना समेतलाई समेट्दै सबै पक्ष र क्षेत्रलाई समेट्ने गरी बजेट निर्माण हुनेमा आफु आशावादी रहेको पनि बताउनु भयो । 













0 प्रतिकृया