Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


लघुवित्त संस्थाहरूकै कारण गाउँगाउँमा वित्तीय साक्षरता र उद्मशीलताकाे विकास भएकाे छः सांसद चाैधरी

एक्सन खबर
जेठ, ४, २०८२


लघुवित्त संस्थाहरूकै कारण गाउँगाउँमा वित्तीय साक्षरता र उद्मशीलताकाे विकास भएकाे छः सांसद चाैधरी

सुनसरी । नेकपा एमालेकी सांसद तथा लघुवित्तकर्मी भगबती चाैधरीले लघुवित्त संस्थाहरूले गरिब तथा विपन्न वर्गलाई बचत, कर्जा सुविधा, उद्यम विकास, वित्तीय साक्षरता र सामाजिक सचेतनामा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएकाे छ । लघुवित्त संस्थाहरूकै कारण गाउँगाउँमा वित्तीय साक्षरता, उद्मशीलताकाे विकास समेत भएकाे उहाँकाे भनाइ छ । 

शनिबार फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे १२ औं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै सांसद भगवती चौधरीले ग्रामिण अर्थतन्त्र चलायमान बनाउँदै महिलाहरूलाई आर्थिक सशक्तिकरणमा डाेहाेर्याउन लघुवित्तले याेगदान पुर्याएकाे पनि बताउनु भयाे । साथै उहाँले मुलुककाे दिगो विकासका लागि नीति तथा बजेटमा ग्रामिण अर्थतन्त्र र लघुवित्त कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिनु पर्ने पनि जिकीर गर्नुभयाे । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले फरवार्ड माइक्रोफाइनान्सले देशभरका ४० वटा जिल्लामा १६२ शाखा कार्यालय मार्फत २ लाख ४७ हजार सदस्यहरूलाई सेवा पुर्‍याइरहेको जानकारी दिनुभयो । उहाँले संस्थाले महिलाहरूको आर्थिक सवलीकरण, आत्मनिर्भरता र समुदायमा उद्यमशीलता बढाउने कार्यमा विशेष योगदान दिँदै आएको भन्दै संस्थाकाे उद्देश्य अनुरूप काम भइरहेकाे बताउनुभयाे । 

यस्तै, कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, इलाका प्रहरी कार्यालय दुहवीका डिएसपी सागर तिम्सिना, संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू,समाजसेवी, महिला समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

संस्थाकी अध्यक्ष कलावती चौधरीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समाराेहमा फरवार्ड माइक्रोफाइनान्सका विभिन्न शाखाहरूका पदाधिकारीहरूलाई ‘आपको बिरुवा’, सम्मानपत्र र खादा-मालाले सम्मान गरिएको थियो ।
















0 प्रतिकृया