Follow us:


Follow us

२६ कार्तिक २०८२, मङ्गलवार
२६ कार्तिक २०८२, मङ्गलवार


कांग्रेसका सांसद सुनिल शर्मा र डिकबहादुर लिम्बू लाई विराटनगरमा भव्य स्वागत

एक्सन खबर
जेठ, १७, २०८२




कांग्रेसका सांसद सुनिल शर्मा र डिकबहादुर लिम्बू लाई विराटनगरमा भव्य स्वागत

माेरङ । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र नेपाली कांग्रेस मोरङ्गका जिल्ला सभापति तथा सांसद डिकबहादुर लिम्बूलाई आज बिहान विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि डा. शर्मा आज बिहान ८ बजे काठमाडौँबाट बिराटनगर प्रस्थान गरेका हुन् । उहाँको आगमनसँगै विमानस्थल परिसर कांग्रेस कार्यकर्ता, युवा नेता, महिला संघ, तरुण दल, नेपाली विद्यार्थी संघ लगायतका भातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा फूलमाला, खादा र नाराबाजीसहित उपस्थित जनसमूहले नेताहरूको सम्मान र स्वागत गरेका थिए । समर्थकहरूको जोश, नाराहरु र अनुशासित व्यवस्थापनले कार्यक्रमलाई थप भव्य बनाएको थियो ।

सांसद डा. शर्मा र सांसद लिम्बू दुबै जना आगामी दिनमा मोरङ्ग जिल्लामा विकास, संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने योजनाका साथ जिल्लामा प्रस्थान गरेका हुन् । कार्यक्रमपछि दुबै नेताले उपस्थित कार्यकर्ताहरूसँग अभिवादन आदानप्रदान गर्दै पार्टीको हालको अवस्था, भावी रणनीति र जनताप्रति जिम्मेवारीबारे छोटो सम्वाद पनि गरेका थिए ।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ । उहाँले जनतालाइ घरदैलाेमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनु भएकाे छ । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।

सांसद शर्माकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका जनताकाे स्वास्थ्याेपचारका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । त्यहाँ पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता सांसद शर्माले जनाउनु भएकाे छ ।

हालै उहाँले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण पनि गर्नु भइसकेकाे छ । साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स समेत उपलब्ध गराइसकिएकाे छ । सांसद शर्माका मानवीय कार्यहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देशलाई बलियो बनाएकाे छ ।















0 प्रतिकृया