Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ७३५ जना लाभान्वित

एक्सन खबर
जेठ, २०, २०८२


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ७३५ जना लाभान्वित

काठमाडौं । डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ७३५ जना लाभान्वित भएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ मा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट सो क्षेत्रका ७३५ जना सर्वसाधारण लाभान्वित भएका हुन् । 

शिविरमा १३७ जनाको इसिजी, १६३ जनाको ल्याब परीक्षण, २४५ जनाको भिडियो एक्सरे तथा १३ जनाको दाँत निकालिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा आएका मध्ये २३ जनालाई थप उपचारका लागि रेफर समेत गरिएको छ । 

शिविरमा केएमसीका चिकित्सकहरुले बाल रोग, स्त्री रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, दन्त रोग, आँखा रोग लगायतको सेवा दिएका थिए । शिविरबाट गरिब, विपन्न, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भएको केएमसीले जनाएको छ । 

नेपाली कांग्रेसका प्रभावशाली नेता मोरङ निर्वाचन क्षेत्र नं. ३ का सांसद डा. सुनिल कुमार शर्माले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको अभियान सञ्चालन गर्नुभएको हो । 

















0 प्रतिकृया