Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


कांग्रेस सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको पुरानो ठिमीमा

एक्सन खबर
असार, ६, २०८२


कांग्रेस सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको पुरानो ठिमीमा

काठमाडौं । नेपाली कांग्रेस सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट भक्तपुरको पुरानो ठिमीमा ४८७ जना सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजका चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट मध्यपुर ठिमी वडा नं. ६ का स्थानीय लाभान्वित भएका हुन् । 

शिविरमा ११० जनाको ल्याब परीक्षण, १२८ जनाको भिडियो एक्सरे, ८६ जनाको इसिजी गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरबाट २६ जनालाई थप उपचारका लागि रेफर गरिएको छ । शिविरमा नाक, कान घाँटी, स्त्री रोग, आँखा रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, बाल रोग लगायतको सेवा दिइएको थियो । 

सांसद शर्माले जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहनु भएको छ । डा. शर्माले केएमसीसँगै बिराटनगरको नोबेल शिक्षण अस्पतालबाट निःशुल्क स्वास्थ्य शिविर चलाउने तथा गरिब, विपन्न, अशक्त, असहायको निःशुल्क उपचार समेत गर्दै आइरहनु भएको छ । 













0 प्रतिकृया