Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


काभ्रेकाे पाँचखालमा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असार, ११, २०८२


काभ्रेकाे पाँचखालमा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काभ्रेपलाञ्चोकको पाँचखालमा ४ सय ९६ जना लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मी सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट काभ्रेपलाञ्चोकको पाँचखालमा सर्वसाधारण लाभान्वित भएका हुन् । 

पाँचखाल नगरपालिका र लायन्स इन्टरनेशनलको आयोजनामा भुवनेश्वरी आवासीय विद्यालयमा भएको स्वास्थ्य शिविरमा ४ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिँदा ९६ जनाको ल्याब परीक्षण, ८६ जनाको भिडियो एक्सरे, ६७ जनाको ईसीजी गरिएको  केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे । 

शिविरमा २८ जनाको दाँत खोलिएको थियो भने १८ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । सांसद शर्माले जनतालाइ सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहनु भएकाे छ ।

माेरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले केएमसीसँगै नाेवेल शिक्षण अस्पतालसँगकाे सहकार्यमा सञ्चालन गर्नु भएकाे निःशुल्क स्वास्थ्य शिविरबाट गरिब, विपन्न, अशक्त, असहाय तथा दूरदराजमा रहेका नागरिक लाभान्वित भइरहेका छन् । 















0 प्रतिकृया