सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ७५ जना लाभान्वित
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काठमाडाैंकाे दक्षिणढाेकामा ६ सय ७५ जना लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी सम्मिलित निःशुल्क स्वास्थ्य शिविरमा साे क्षेत्रका स्थानीय, अभिभावक तथा विद्यार्थीहरू लाभान्वित भएका हुन् ।
सेन्ट जोनेस स्कूलमा सञ्चालित शिविरमा शिविरमा १२३ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे, ५१ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे । शिविरमा ९ जनाको दाँत खोलिएको थियो भने २१ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
माेरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिहेकाे छ । शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न नागरिक बढी लाभान्वित भइरहेका छन् । शिविरमा बाल राेग, स्त्री राेग, जनरल मेडिसिन, नसा तथा हाडजाेर्नी, दन्त राेग लगायतकाे स्वास्थ्य जाँच र उपचार हुने गरेकाे छ ।
0 प्रतिकृया