Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


नोबेलमा कोक्लियर इम्प्लान्ट सेवाः श्रवण शक्ति नभएकाको लागि बरदान

एक्सन खबर
असार, ३१, २०८२




नोबेलमा कोक्लियर इम्प्लान्ट सेवाः श्रवण शक्ति नभएकाको लागि बरदान

विराटनगर । विराटनगर-४, कन्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले जन्मजात कान सुन्न नसक्ने वालकहरूको सफलतापुर्वक कोक्लियर इम्प्लाण्ट शल्यक्रिया गरी सुन्न सक्ने बनाएको  छ ।

काठमाडौं बाहिर नेपाल मै पहिलो पटक जन्मजात कान सुन्न नसक्ने वालकहरूको सफलतापुर्वक कोक्लियर इम्प्लाण्ट शल्यक्रिया गरी सुन्न सक्ने बनाएको नाेबेल शिक्षण अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हाे । डा. शंकरप्रसाद साह नेतृत्वको टोलीबाट हालसालै सफलतापुर्वक सम्पन्न कोक्लियर इम्प्लाण्ट शल्यक्रिया पछि ती बालकहरूले श्रवण शक्ति प्राप्त गरेकोमा सवैले खुशी व्यक्त गरे । 

सो क्रममा पत्रकार तथा अन्य उपस्थितहरूको जिज्ञासाहरूको डा. मीनाक्षी बस्नेत, डा. शंकरप्रसाद साह तथा अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालबाट प्रष्ट पारिएको थियो । कार्यक्रममा सफल कोक्लियर इम्प्लान्ट शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्किएका बालबालिका र उनीहरूका परिवारजनले आफ्ना अनुभवहरू सुनाएका थिए। परिवारजनले आफ्ना सन्तानले सुन्न र बोल्न थालेपछि जीवनमा आएको परिवर्तनप्रति खुसी व्यक्त गरे।

कोक्लियर इम्प्लान्टको प्रक्रिया, यसको फाइदा र नेपालमा यसको उपलब्धताका बारेमा विस्तृत जानकारी दिइएको थियो । साथै सुन्ने समस्या भएका बालबालिकालाई समयमै उपचार गराउनु पर्नेमा जोड दिइएको थियो ।

पत्रकार सम्मेलनमा नोबेलका सञ्चालक समितिका सल्लाहकार सोइना शर्मा, अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, नाक कान घाँटी रोग विभागकी प्रमुख डा. मीनाक्षी बस्नेत र  नाक कान घाँटी विशेषज्ञ डा. शंकरप्रसाद साहको उपस्थिति रहेको पत्रकार सम्मेलनको सहजिकरण अस्पताल महाप्रबन्धक दीपेश राईले गर्नु भएको थियो । 
















0 प्रतिकृया