Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


नेपाल इन्जिनियरिङ कलेज: एकेडेमिया र इन्डष्ट्रि जोड्दै अध्यापनमा अग्रसर

एक्सन खबर
साउन, ११, २०८२


नेपाल इन्जिनियरिङ कलेज: एकेडेमिया र इन्डष्ट्रि जोड्दै अध्यापनमा अग्रसर

काठमाडाैं । पछिल्लाे समय स्नातक तहसम्मकाे अध्ययन सामान्य भइसकेकाे छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता प्राप्त गर्न सकिन्न । प्राविधिक विषय खासगरी इन्जिनियरिङ क्षेत्रमा पनि विशेषज्ञता हासिल गरेपछि नै ठूला अवसर र सफलता प्राप्त हुने गर्दछ । 

इन्जिनियरिङ शिक्षामा स्नातक अर्थात् मास्टर्स अध्ययन गर्नेहरूका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट गन्तव्य रहेकाे छ । ललितपुरकाे प्रयागपाेखरीमा रहेकाे नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिज (नेक-सिपिएस) मा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयमा अध्यापन हुने गर्दछ ।

पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालकाे माटाे, भूगाेल तथा अन्तराष्ट्रिय बजारकाे माग अनुसार विषयहरूमा अध्यापन गराउँदै आएकाे नेक-सिपिएस कार्यक्रमका कार्यवाहक निर्देशक सह-प्राध्यापक राेवर्ट डंगाेलकाे दावी छ । ‘हामीले मास्टर्स तहमा सञ्चालन गरेका कार्यक्रमहरूले मुलुककाे आवश्यक्तासँगै अन्तराष्ट्रिय बजारकाे मागलाई समेत संवाेधन गर्न सकेकाे छ । कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट जस्ता विषय समय अनुसारका विशेषज्ञता हासिल गर्ने विषय हुन् ।’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगाेल भन्नुहुन्छ । 

स्नातक तहकाे अध्ययनले बेसिक फाउन्डेशन बनाए पनि कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्नका लागि स्नातकाेत्तर तह अध्ययन गर्नैपर्ने उहाँकाे भनाइ छ । ‘ब्याचलर्स प्राेगामले बेसिक फाउन्डेशन त बनाइदिन्छ तर, कुनै एउटा विशेषज्ञता हासिल गर्न मास्टर्स गर्नैपर्छ । बेसिक नलेजलाई डिप (गहिरो) नलेजमा रूपान्तरण गर्न मास्टर्स डिग्री गर्नैपर्छ ।’ डंगाेल भन्नुहुन्छ ।

स्नातकोत्तर तह पुरा गरेपछि उच्च तहको पद र उच्च तलब भएका रोजगारीहरूमा सहज पहुँच पुग्दछ । पछिल्लाे समय धेरै कम्पनी वा संस्थाहरूले स्नातकोत्तर योग्यतालाई प्राथमिकता दिन्छन्, विशेष गरी शैक्षिक, अनुसन्धान र प्रशासनिक क्षेत्रहरूमा । इन्जिनियरिङ क्षेत्रमा पनि स्नातकाेत्तर गर्दा प्राप्त हुने अवसर धेरै रहेकाे कार्यवाहक निर्देशक डंगाेल बताउनु हुन्छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयहरू अध्ययन गर्न सकिन्छ ।  साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको ठूलाे आकर्षण छ । काम गर्दै स्नातकाेत्तर गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम प्रभावकारी छ ।

सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ ।

प्रयाेगात्मक शिक्षण विधि, पूर्णकालिन अनुभवी प्राध्यापक, साेध, अनुसन्धानका लागि समयानुकुल व्यवस्थापन, सर्वसुलभ शुल्क कलेजकाे विशेषता हुन् । ‘हामीसँग स्नातक र स्नातकाेत्तर दुवैमा पूर्णकालिन प्राध्यापकहरू हुनुहुन्छ, साेध र अनुसन्धानलाई प्राथमिकता दिएका छाैं । खानेपानी, हाइड्राेपावर, यातायात व्यवस्थापन लगायत पाठ्यक्रम अनुसार प्रयाेगात्मक अध्ययन विधिहरू अपनाउँछाैं । भने, हामी विद्यार्थीहरूलाई फेलाेसिप समेत दिन्छाैं ।’ कार्यक्रम निर्देशक डंगाेल भन्नुहुन्छ । 

उद्याेग र शिक्षालाई जाेड्दै बजारकाे अवस्था, माग र अवसर हेरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने गरिएकाे छ । ‘हामी विद्यार्थीहरूलाई कुनै पनि विषयमा व्यवहारिक ज्ञान दिनेमा केन्द्रीत छाैं । हामीले धेरै संघ संस्थाहरूसँग एमओयू गरेका छाैं,  भिजिटिङ फ्याकल्टी, एक्सपर्टहरू बाेलाउने,  डाइरेक्ट इन्डष्ट्रिमा लैजाने गर्दछाैं । विद्यार्थीहरूलाई वास्तविक समस्याहरू देखाउन फिल्डमै लैजान्छाैं ।’ रिसर्च वेसकाे अध्ययनले विद्यार्थीहरूकाे सिकाई बलियाे हुने सह-प्राध्यापक डंगाेलकाे भनाइ छ । त्यसाे त नेक सिपिएसबाट हालसम्म एक हजार बढी दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेकाे छ । प्रतिष्पर्धी बजारमा स्नातकाेत्तर (मास्टर्स) नहुँदा भनेजस्ताे अवसरहरू प्राप्त गर्न नसकिने भएकाेले स्नातकाेत्तर तहकाे शिक्षा अपरिहार्य रहेकाे सह-प्राध्यापक डंगाेलकाे भनाई छ ।

नेपाल इन्जिनियरिङ कलेजले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी, व्यावसायिक जीवनसँग जोड्ने प्रयास गर्दै आएको छ । कलेजले एकेडेमिया (शिक्षा क्षेत्र) र इन्डष्ट्रि (उद्योग, व्यवसाय, निर्माण क्षेत्र) सँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई प्रयोगात्मक, जीवनोपयोगी शिक्षा प्रदान गर्दैछ ।

स्नातकाेत्तर तहमा अध्ययनकै क्रममा विद्यार्थीहरूलाई निर्माण स्थल, कम्पनी, प्लान्ट आदिमा इन्टर्नशिप गराइन्छ । ‘यसले विद्यार्थीलाई वास्तविक कार्य अनुभव दिन्छ, जस्को परिणामस्वरूप कक्षा र कार्यक्षेत्रबीचको अन्तर घट्छ ।’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगाेल भन्नुहुन्छ । 

कलेजले थ्याैरिकल विधि भन्दापनि अतिथि लेक्चर, फिल्ड भिजिट र कार्यशालाहरूलाई प्राथमिकता दिएकाे छ । विभिन्न क्षेत्रका अनुभवी इन्जिनियर, प्लानर, डिजाइनर तथा उद्यमीहरूलाई कलेजमा गेस्ट लेक्चरका रूपमा बाेलाउने, इन्डष्ट्रिका विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गराउने गर्दछ । भने, विद्यार्थीहरूलाई विभिन्न इन्डष्ट्रि-सम्बन्धित प्रोजेक्ट गर्न प्रोत्साहित समेत गर्दछ ।

कलेजले विभिन्न संघ संस्था र उद्योगहरूसँगकाे सहकार्यमा समस्या समाधान केन्द्रित अनुसन्धान पनि अघि बढाइरहेकोले विद्यार्थीहरूलाई प्राविधिक ज्ञानसँगै व्यावसायिक सीप र औद्योगिक अनुभव हासिल गर्ने अवसर प्राप्त हुन्छ ।

समय अनुसारकाे दक्ष तथा विशेषज्ञ इन्जिनियरहरू उत्पादनमा जाेड दिँदै आइएकाेले नेक-सिपिएसबाट मास्टर्स गरेका जनशक्तिहरू स्वदेश तथा विदेशमा सहजै स्थापित हुन सक्छन् । 

त्यसाे त नेपाल इन्जिनियरिङ कलेजबाट ग्राजुएट जनशक्तिहरूकाे राष्ट्रिय पूर्वाधार विकास, निजी निर्माण कम्पनी, अन्तर्राष्ट्रिय परामर्श फर्म आदिमा उल्लेखनीय उपस्थिति छ । 

कलेजले ‘ज्ञान र प्रयोगबीचको पुल’ निर्माण गर्दै, देशको प्राविधिक मानव स्रोत विकासमा उल्लेखनीय भूमिका खेल्दै आएको छ । यो कलेज शिक्षा र उद्योगबीचको सहकार्यलाई शिक्षाको भविष्य ठान्दछ ।














0 प्रतिकृया