Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


कक्षा १२ काे परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

एक्सन खबर
साउन, २०, २०८२


कक्षा १२ काे परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । 

गतवर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको मेहनत र अभिभावक गम्भिर भएका कारण नतिजा वृद्धि भएको बताउनु भयाे ।

बाेर्डले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नेछ । बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिनेछ । यो वर्ष १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।













0 प्रतिकृया