Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविरबाट ५३८ लाभान्वित

एक्सन खबर
साउन, २६, २०८२


सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविरबाट ५३८ लाभान्वित

काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ५३८ जना लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेजको स्वास्थ्य टोली सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट काठमाडौँको धुम्बाराहीमा  ५३८ जना लाभान्वित भएका हुन् ।

आध्यात्मिक परोपकार संस्था र धन्वन्तरी स्पोर्टस् हबको आयोजनामा धुम्बाराहीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १३५ जनाको ल्याब परीक्षण, १०९ जनाको भिडियो एक्सरे, ८१ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे । शिविरमा ११ जनाको दाँत खोलिएको थियो भने १९ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । 

नेपाली कांग्रेसका प्रभावशाली सांसद डा. शर्माले गरिब, असहाय, विपन्न नागरिकलाई घरदैलाेमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहनु भएकाे छ । डा. शर्माले सञ्चालन गर्नु भएकाे निःशुल्क स्वास्थ्य शिविरबाट दूरदराजमा रहेका गरिब, विपन्न नागरिक देखि सहर बजारमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा गरिब विपन्नले राहत पाइरहेका छन् । 













0 प्रतिकृया