Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


चार प्रतिष्ठानमा उपकुलपति नियुक्त

एक्सन खबर
साउन, २७, २०८२


चार प्रतिष्ठानमा उपकुलपति नियुक्त

काठमाडाैं । सरकारले चार प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेकाे छ ।  कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी काेइराला, पाटन, कर्णाली र पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिहरू नियुक्त गर्नु भएकाे हाे ।

प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिमा डा. भरत खत्री नियुक्त भएका छन् । उनले मंगलबार नै नियुक्ति पत्र  बुझेका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकाे उपकुलपतिमा प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञानको लागि प्रा.डा. बुद्धि पौडेल नियुक्त भएका छन् । भने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजन कुमार रोकाया नियुक्त भएका छन् । 

सरकारले स्वास्थ्यमन्त्री पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए ।  

सत्तारूढ नेकपा एमालेकाे भागमा पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पर्दा नेपाली कांग्रेसकाे भागमा बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेकाे हाे । 













0 प्रतिकृया