Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा सीट संख्या बढाउने निर्णय

एक्सन खबर
साउन, ३०, २०८२


चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा सीट संख्या बढाउने निर्णय

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका विभिन्न विषयमा विद्यार्थी भर्नाका लागि सीट संख्या बढाउने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको को २१औं बैठकले स्नातक तहमा १ हजार ३ सय ५९ सिट थप गर्ने निर्णय गरेको हो ।

एमबीबीएसमा सबै कलेजहरुमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय भएको छ । यसअघि एमबीबीएसका लागि २ हजार १ सय ४० सिट रहेकाेमा अब एमबीबीएसको सिट संख्या २ हजार ६ सय ३५ पुगेको छ । 

यस्तै नर्सिङ तर्फ बीएस्सी र बीएनएससहित ५६२ सिट थप गरिएकाे छ । बीएस्सी नर्सिङमा ४४० सिट थप गर्ने निर्णय भएको छ। यसअघि बिएस्सी नर्सिङमा १ हजार ९ सय ९० सिट रहेकोमा अब उक्त संख्या बढेर २ हजार ४ सय ३० पुगेको छ ।

बिएनएस तर्फ १२२ सिट थप गरिएकाे छ । बिएनएसमा यसअघि ९४० सिट थियो । यसअघि बिपिएचमा ६५० सिट रहेकाेमा ६२ सिट थप गरेर ७१२ पुर्याइएकाे छ । 

बिफार्मेसीमा पनि १४० सिट संख्या बढेको छ । यसअघि ६९५ सिट रहेकोमा उक्त संख्या बढेर ८३५ पुगेको छ । आयोगले बीएमएसको सिट संख्या भने घटाउने निर्णय गरेको छ । गत वर्ष एक सय सिट संख्या रहेको उक्त विषयमा ३५ सिट घटाएर अब ६५ सिट मात्र कायम गरिएकाे छ । 













0 प्रतिकृया