Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेपाल इन्जिनियरिङ कलेजद्वारा चार कम्पनीसँग एमओयू

एक्सन खबर
भदौ, २, २०८२


नेपाल इन्जिनियरिङ कलेजद्वारा चार कम्पनीसँग एमओयू

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीहरुलाई इन्टर्नशिप प्रदान गर्न चार वटा कम्पनीसँग समझदारी (एमओयू) कायम गरेको छ । कलेजको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले  लीपफ्रग, इन्फ्रासफ्ट, भायोनेट तथा लग पोइन्टसँग समझदारी गरेको हो । 

यस सहकार्यले कलेजमा अध्ययनरत विद्यार्थीहरुको क्षमता र ज्ञानलाई उत्कृष्टता प्रदान गर्दै अनुसन्धानका अवसर, औद्योगिक अनुभव र सीप विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । 

समझदारी पत्रमा संयुक्त इन्टर्नशिप, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने, तालिम, कार्यशाला तथा सेमिनारहरूलाई सहज बनाउने, इण्डष्ट्रि र एकेडेमियालाई जोड्दै विद्यार्थीहरुलाई इन्टर्नशिप तथा परियोजनाका अवसरहरू उपलब्ध गराउने उल्लेख गरिएको छ । 

कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार कलेजले विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता विकास गर्न विभिन्न कम्पनी र संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ । यस्ता सहकार्यले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण टेवा पुग्नेछ । 

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनिरिङ कलेजमा स्नातक तहमा आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेसन एण्ड कम्युनिकेसन तथा सिभिल फर डिप्लोमा होल्डर्स (विडिएच) को पढाई हुने गरेको छ । 
















0 प्रतिकृया