Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


विश्व ध्यान दिवसको अवसरमा नेपाल इन्जिनियरिङ कलेज सामुहिक ध्यान

एक्सन खबर
पौष, ६, २०८२


विश्व ध्यान दिवसको अवसरमा नेपाल इन्जिनियरिङ कलेज सामुहिक ध्यान

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा सामुहिक ध्यानको आयोजना गरिएको छ । कलेजले विद्यार्थी, शिक्षक शिक्षिका तथा कर्मचारीहरुको शारिरीक तन्दुरुस्ती तथा मानसिक शान्ति, एकाग्रताका लागि ध्यानको आयोजना गरिएको हो । 

विश्व ध्यान दिवसको अवसरमा आयोजित ध्यानमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी लगायत विभिन्न संकायका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाएको कलेजले जनाएको छ । ध्यान कार्यक्रममा सहभागीहरुलाई आर्ट अफ लिभिङका सञ्जय महर्जन र कुशल गिरीले ध्यानको महत्व, उपादेयतासँगै ध्यान कसरी गर्ने बारे सहजीकरण गरेका थिए । ध्यानमा सहभागी विद्यार्थी, शिक्षक शिक्षिका तथा कर्मचारीहरुले ध्यानले शारिरीक, मानसिक रुपमा आराम मिल्नुका साथै उर्जा प्राप्त गरेको बताए । 

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित यस कलेजले विद्यार्थी शिक्षक शिक्षिका र कर्मचारीहरुको वृहत्तर हीत र विकासमा यस्ता कृयाकलापहरु गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । 


















0 प्रतिकृया