Follow us:


Follow us

२ माघ २०८२, बिहिवार
२ माघ २०८२, बिहिवार


‘सारङ्गीको साथी’ बजारमा

एक्सन खबर
पौष, ८, २०८२


‘सारङ्गीको साथी’ बजारमा

काठमाडौं । रमेश शेसी र सरिता गोतामे महारको स्वर ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ । जीवनका संघर्ष, पीडा र संवेदनालाई सारङ्गीको मर्मस्पर्शी धुनसँग समेटदै जीवनका विभिन्न आयामलाई गीतमा समेटिएको छ । सारङ्गीको पीडा मिश्रित धुन, भावनात्मक शब्द र कलाकारको सशक्त अभिनयका कारण ‘सारङ्गीको साथी’ श्रोता तथा दर्शकको मन छुने गीत बन्ने अपेक्षा गरिएको छ ।

टेकम पाण्डे ‘जिज्ञासु’को शब्द तथा सरिता गोतामे महारको संगीत र  पूर्ण साम्योगको एरेन्जमा रहेको गीतमा  खडक बाजुराली मिक्सिङ्ग तथा मास्टरिङ्गले गरेका छन् ।

डेनिस खनालको छायाँकन, दिनेशको मुस्कानको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा जिवनका सधर्षलाई निकै मार्मिक रुपमा शब्दमा व्यक्त गरिएको छ । गीतको भिडियोमा आयुष्मा कार्की (केशरी) र दिनेश मुस्कान मुख्य भूमिकामा देख्न सकिन्छ ।

साथै तुकमान बीके, अनिता साउद, अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारको पनि अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डीओपी तथा एरियल सिनेमाटोग्राफी डेनिस खनालले सम्हालेका छन् । सहायक निर्देशक तुकमान बीके (गोपाल) रहेका छन् ।













0 प्रतिकृया