Follow us:


Follow us

२२ फागुन २०८२, शुक्रवार
२२ फागुन २०८२, शुक्रवार


नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको विदाई

एक्सन खबर
माघ, १८, २०८२


नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको विदाई

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले आर्किटेक्चर २०१९ ब्याच तथा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ २०२० ब्याचका विद्यार्थीहरूलाई विदाई गरेको छ । शनिबार एक कार्यक्रमका विच उनीहरुलाई विदाई गरिएको हो । 

विदाई कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर पदम बहादुर शाही थिए । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष शाहीले विद्यार्थी जीवनमा हासिल गरेका ज्ञान र सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्दा नैतिकता र इमान्दारिता राख्नुपर्ने बताउनु भयो । इन्जिनियर भनेका देश निर्माणको मेरुदण्ड भएको चर्चा गर्दै काउन्सिल अध्यक्ष शाहीले काउन्सिलले लिने परीक्षा पास गरेपछि मात्र व्यवसायीक रुपमा काम गर्ने बाटो खुल्ने जिकीर गर्नुभयो । विद्यार्थीहरुलाई सुखद् भविश्यको कामना गर्दै अध्यक्ष शाहीले पछिल्लो समय इन्निजनियरिङ क्षेत्रमा स्वदेशमै अनगिन्ती अवसरहरु आइरहेको पनि जनाउनु भयो । 

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजबाट पास आउट भएका विद्यार्थीहरु कलेजको ब्राण्ड एम्बेष्डर भएको बताउँदै ब्यवसायिक जीवनमा प्रवेश गर्दैगर्दा कलेज र विश्वविद्यालयको नाम राख्ने गरी काम गर्न अनुरोध गरे । इन्जिनियरिङ पेशा देश र समाजको विकाससँग जोडिने भएकोले जिम्मेवार भएर अगाडी बढ्न सुझाउनु भयो । 

यस्तै, कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले विद्यार्थीहरुलाई व्यवसायिक जीवनको सफलताको शुभकामना दिँदै विद्यार्थीहरुले आफुले हासिल गरेको ज्ञान र सीपलाई सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा कलेजबाट विदाई भएर गएका विद्यार्थीहरुले आफ्नो अनुभव समेत शेयर गरेका थिए । 

विदाई कार्यक्रमको अध्यक्षता इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ विभागका प्रमुख एसोसिएट प्रोफेसर सचिन श्रेष्ठ, आर्किटेक्चर विभागका प्रमुख एसोसिएट प्रोफेसर रामप्रसाद सुवाल तथा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागकी प्रमुख असिस्टेन्ट प्रोफेसर अंशु घिमिरेले गरेका थिए । शुक्रबार मात्रै कलेजबाट सिभिल इन्जिनियरिङ तथा सिभिल एण्ड रुलर इन्जिनियरिङका २ सय विद्यार्थीहरुलाई विदाई गरिएको थियो । 



















0 प्रतिकृया