Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


“नयाँ पुराना कसैको भर छैन, भगबती चौधरीमा विस्वास छ”

एक्सन खबर
फागुन, १६, २०८२


“नयाँ पुराना कसैको भर छैन, भगबती चौधरीमा विस्वास छ”

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ का बासिन्दाले नयाँ तथा पुरानोका भर नभएको तर भगबती चौधरीमा विस्वास भएको बताएका छन् । सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफ्नै हुन्छ, हामी छातीमा हात राखेर भन्छौं दिदीलाई जसरी पनि जिताएर पठाँउछौं ।” 

भगबती चौधरीले गर्नुभएको योगदानका कारण सुनसरी ३ बासिन्दाले उहाँप्रति भरोशा राखेका हुन् । बुढाथोकी भन्नुहुन्छ “बाढी पीडितमा दिदी आउनुभयो, पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिलेसम्म अरुको नेता आएका छन् ?” चुनावका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाव पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहँदा भगबती चौधरीलाई भने स्थानीयले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन् ।

गढी १ का आशाराम चौधरी भन्नुहुन्छ “नयाँ भन्छ नयाँ के हो के हो थाहा पनि छैन विस्वास पनि छैन । भगबती चौधरी आइकन विकासमा धेरै परिवर्तन, सडक भयो, बाटोभयो अरु विकास पनि हुन्छ भगबती चौधरीमा बिश्बास छ ।” केही दिन अघि मात्र तीनसय जना जेनजी युवा भगबती चौधरी प्रति भरोशा गर्दै नेकपा एमाले प्रवेश गरे । उनीहरुको भनाई छ “ युबाको भाबना बुझने भगबती चौधरीनै हो त्यसैले उहाँलाई जीताउन हामी एमालेमा लाग्यौं ।”

सुनसरी दुहवीका जेन जी मोहम्मद रजाउद्धिन भन्नुहुन्छ  “भगबती चौधरी दिनरात सुनसरी ३ का लागि खटेको देखेको छु, हामी अरु सोच्न सक्दैनौं ।”

भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि बढेको छ । सुनसरी बर्जु १ की सिता कुमारी मेहता नेपाली काँग्रेस बाट एमाले प्रवेश गर्नुभयो । जेन्जी उमेर समूहकी मेहता भन्नुहुन्छ “भगबती दिदी सबैका कुरा सुन्नुहुन्छ, महिलाका लागि धेरै लडनु भएको छ । उहाँ गरिब विपन्न वर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढ्न मन लाग्यो ।” 

गढी १ का नेपाली कांग्रेस टोल कमिटी सभापति तथा प्रचार प्रमुख जियाउल हक दुईदर्जन युवा एमाले प्रवेश गरे । जियाउल हक भन्नुहुन्छ “काम गर्ने भगबती दिदी हो अरु त नामका लागि मात्रै हुन् ।” सुनसरी दुहबी ३ का ७२ जना मुस्लिम समूदायका ब्यक्ति एमाले प्रवेश गर्दै भगबती चौधरी जिताउ अभियानमा लामबद्ध भएका छन् । यसअघि ०७९को चुनावमा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारलाई ५ हजार १८८ मतले हराएर भगबती चौधरी विजयी हुनुभएको थियो ।
















0 प्रतिकृया