Follow us:


Follow us

२२ चैत २०८२, आइतवार
२२ चैत २०८२, आइतवार


नेपालकाे ४३ औँ प्रधानमन्त्रीमा ३६ वर्षीय बालेन्द्र (बालेन) शाह नियुक्त

एक्सन खबर
चैत, १३, २०८२


नेपालकाे ४३ औँ प्रधानमन्त्रीमा ३६ वर्षीय बालेन्द्र (बालेन) शाह नियुक्त

काठमाडाैं । नेपालमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै ३६ वर्षीय बालेन्द्र (बालेन) शाह ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । युवापुस्ताको व्यापक समर्थन र भ्रष्टाचारविरुद्धको एजेन्डासहित उनले ऐतिहासिक जित हासिल गर्दै सरकारको नेतृत्व सम्हालेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) अनुसार बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनले शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिए । शपथ समारोह हिन्दु तथा बौद्ध परम्पराअनुसार सम्पन्न गरिएको थियो, जसले नेपालको सांस्कृतिक विविधता झल्काएको छ ।

प्रधानमन्त्रीकाे सपथ सँगै बालेन शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ । शाह नेतृत्वकाे सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरूङ, परराष्ट्र मन्त्री शिशिर खनाल नियुक्त भएका छन् । यस्तै, शिक्षामन्त्री सस्मित पोखरेल, उर्जा तथा जलश्राेत मन्त्री विराजभक्त श्रेष्ठ,  संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री गणेश पाैडेल, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कृषि तथा पशुपन्छी मन्त्री गिता चाैधरी, सहरी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री सुनिल लम्साल भएका छन् । 

यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सिता बादी,  कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा साेविता गाैतम, सूचना तथा सञ्चारमन्त्रीमा विक्रम तिमल्सीना, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता तथा श्रम तथा राेजगारमन्त्रीमा दीपक साह नियुक्त भएका छन् । 

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुइ तिहाइकाे बहुमत हासिल गरेसँगै पार्टीका बरिष्ठ नेता शाह शक्तिशाली सरकारका प्रधानमन्त्री भएका हुन् । उक्त निर्वाचनमा कूल २७५ सिट मध्ये रास्वपाले १८२ सिटमा जित हासिल गरेकाे छ । बालेन शाहले झापा–५ बाट विगत ६ पटक निर्वाचित तथा ४ पटक प्रधानमन्त्री भइसकेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए । त्यसाे त यो परिणामले नेपालमा परम्परागत राजनीतिक शक्तिहरू अन्त्यतर्फउन्मुख रहेकाे संकेत गरेको विश्लेषण छ ।

बालेन्द्र शाहलाई समकक्षीकाे बधाई

प्रधानमन्त्रीमा नियुक्त भएसँगै बालेन्द्र शाहलाई विभिन्न देशका समकक्षीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न अन्तर्राष्ट्रिय नेताहरूले बालेन शाहलाई बधाई दिँदै सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।

बालेन्द्र शाहको नेतृत्वलाई नेपालमा नयाँ पुस्ताको राजनीतिक परिवर्तनको प्रतीक मानिएको छ । युवापुस्ताको आशा, पारदर्शिता र सुधारको प्रतिबद्धतासहित सुरु भएको यो कार्यकालले नेपालको भविष्य कता लैजान्छ भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ ।

को हुन् बालेन्द्र (बालेन) शाह ?

जन्म: काठमाडौं

उमेर: ३६ वर्ष

पेशा: सिभिल इन्जिनियर, र्‍याप कलाकार, राजनीतिज्ञशाह नेपाली हिप–हप संगीतमार्फत चर्चामा आएका थिए । उनी २०७९ मा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भबधाई प्रशासनिक सुधार र साहसिक निर्णयका कारण लोकप्रिय बनेका थिए ।

मेयरको रूपमा सफल कार्यशैलीले बालेन्द्र शाहलाई राष्ट्रिय राजनीतिमा प्रवेशको आधार तयार गर्‍यो । युवापुस्ताको समर्थन र परिवर्तनको चाहनासँगै उनी प्रधानमन्त्री पदसम्म पुगेका हुन् । प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता, रोजगारी सिर्जना, युवा केन्द्रित विकासका एजेन्डा अगा

















0 प्रतिकृया