Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सम्पत्ति शुद्धीकरणकाे अनुसन्धानलाई तिब्रता

एक्सन खबर
चैत, १८, २०८२


नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सम्पत्ति शुद्धीकरणकाे अनुसन्धानलाई तिब्रता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले काम सुरू गरेसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेका ७ सयभन्दा बढी उजुरीमध्ये उच्च तहका राजनीतिक तथा प्रशासनिक नेतृत्व तथा विवादित व्यापारीसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर धमाधम छानबिन भइरहेको जनाइएको छ । 

तीमध्ये केही महत्वपूर्ण मुद्दा १५ दिनभित्र टुंग्याउने लक्ष्य राखिएको उच्च सरकारी स्रोतले बताएको छ । अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल सहित मन्त्रीहरू र केही व्यापारीहरू रहेका छन् । उनीहरूको स्रोत नखुलेको सम्पत्ति, आफन्तको बैंक खातामा जम्मा भएको शंकास्पद रकम तथा विदेशमा गरिएको लगानीको विवरणमाथि अध्ययन भइरहेको छ ।

यस क्रममा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिएको छ भने विवादित व्यवसायी दिपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखिएको छ ।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई तीव्र बनाउनुको मुख्य कारण अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) द्वारा नेपाललाई ग्रे लिष्टमा राखिनु हो । यसबाट बाहिर निस्कन ठूला मुद्दाहरूको छिटो छानबिन र निष्कर्ष आवश्यक मानिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय छवि सुधार गर्ने, वैदेशिक लगानीकर्ताको विश्वास बढाउने तथा कानुन कार्यान्वयन सुदृढ गर्ने उद्देश्यले ठूला मुद्दाहरूलाई प्राथमिकता दिँदै छिटो टुंग्याउने दबाबमा काम गरिरहेको छ ।













0 प्रतिकृया