नेपाल चिकित्सक संघमा डा. बद्री प्यानलकाे बर्चश्व (नामावली सहित)
एक्सन खबर
काठमाडौं । नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ । निर्वाचन परिणाम अनुसार संघमा डा. बद्री रिजाल प्यानलकाे बर्चश्व छ । मंगलबार सम्पन्न मतगणनामा डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी डा. मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरे ।
प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यका अनुसार वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन् । उपाध्यक्षतर्फ कोशीबाट डा. रोशन खड्का, मधेसबाट डा. अमितरञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भएका छन् ।
यता संघकाे कोषाध्यक्षमा डा. संयुक्त आचार्य निर्वाचित हुँदा सहसचिव डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल विजयी भएका छन् ।
सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य विजयी भए ।
सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।
निर्वाचनमा डा. रिजाल नेतृत्वको प्यानलले भारी बहुमतसहित जित हासिल गरेको हाे । दुई जना उपाध्यक्ष र तीन जना सदस्य पद बाहेक अन्य सबै पदहरूमा डा. बद्री प्यानलका उम्मेदवारहरू विजयी भए ।
कसले कति मत प्राप्त गरे ?
अध्यक्ष:
डा. बद्री रिजाल – ३,१९६ मत (विजयी)
डा. मंगल रावल: २,९४० मत
डा. नारायण प्रसाद भुसाल: ८६९ मत
वरिष्ठ उपाध्यक्ष:
डा. सञ्जीव तिवारी – ३,०३६ मत (विजयी)
डा. कीर्तिपाल सुवेदी: २,३०२ मत
डा. अजय कुमार मिश्र: १,४२१ मत
महासचिव:
डा. विश्वराज दवाडी – २,७२२ मत (विजयी)
डा. कालु सिंह खत्री: २,४२३ मत
डा. अमृत भुसाल: १,६४६ मत
कोषाध्यक्ष:
डा. संयुक्त आचार्य – ३,१८६ मत (विजयी)
डा. चाँदनी जैसवाल: २,०९९ मत
डा. विनोद कुमार महसेठ: ९७४ मत
सह-सचिव:
डा. हुलास अग्रवाल – ३,५१० मत (विजयी)
डा. राम जीवन प्रसाद: १,५४० मत
डा. सन्तोष अधिकारी: १,४१६ मत
सह-कोषाध्यक्ष:
डा. तेजसु सिंह मल्ल – ३,२७९ मत (विजयी)
डा. सुवास गुरुङ: २,२९४ मत
डा. राज कुमार दंगाल: ८५० मत
उपाध्यक्ष (प्रदेश संयोजकहरू)
कोशी प्रदेश:
डा. रोशन खड्का – ३,००८ मत (विजयी)
डा. टंक प्रसाद बराकोटी: २,२३६ मत
डा. हरी शंकर कार्की: ८७८ मत
मधेश प्रदेश:
डा. अमित रञ्जन मिश्र – ३,०९९ मत (विजयी)
डा. उदय नारायण सिंह: २,०९४ मत
डा. मोहम्मद इनामुल हक: ९४३ मत
बागमती प्रदेश:
डा. सुवास भट्टराई – २,३५९ मत (विजयी)
डा. अरुण शाही: २,२५० मत
डा. अकानन्द सिंह: १,२२१ मत
डा. रुवास नाथ योगी: ६८६ मत
गण्डकी प्रदेश:
डा. यज्ञ राज सिग्देल – ३,१०२ मत (विजयी)
डा. नवराज लम्डारी: २,८०० मत
लुम्बिनी प्रदेश:
डा. नन्दा कुमारी गुरुङ – २,९१० मत (विजयी)
डा. सन्तोष पोखरेल: २,२४२ मत
डा. लक्ष्मण शर्मा: १,१२३ मत
कर्णाली प्रदेश:
डा. रबिन खड्का – २,४९० मत (विजयी)
डा. सरोज गिरी: २,३२२ मत
डा. अनुप मंगल समाल: १,२५७ मत
सुदूरपश्चिम प्रदेश:
डा. प्रमोद जोशी – ३,४८० मत (विजयी)
डा. निरज अर्याल: २,६१२ मत
केन्द्रीय सदस्यहरू (विजयी ६ जना)
डा. अमित झा: २,७८७ मत
डा. राकेश शाह: २,७८० मत
डा. पालपासा श्रेष्ठ: २,७७८ मत
डा. बिना श्रेष्ठ: २,५५१ मत
डा. सुस्मित काफ्ले: २,४९७ मत
डा. शेषराज घिमिरे: २,४३८ मत
सदस्यहरु :
डा. अरुण उप्रेती २,३९९
डा. सुमेध मिश्र २,३३१
डा. हिमलाल भण्डारी २,३१६
डा. आरती शाह १,७९८
डा. निरजन तामाङ १,७४८
डा. परशुराम घिमिरे १,७४५
डा. दिक्षा बोहरा १,६४३
डा. जेवना अन्सारी १,६२५
डा. जीवन क्षेत्री १,५३२
डा. विजय कुमार शाह १,४७१
डा. गणेश चौधरी १,१८१
डा. भवानी शिल्पकार ९२२ मत
0 प्रतिकृया