Follow us:


Follow us

३० वैशाख २०८३, बुधवार
३० वैशाख २०८३, बुधवार


एभरेष्ट इन्जिनियरिङ कलेजमा आन्तरिक अनुसन्धान प्रस्तुति

एक्सन खबर
बैशाख, २७, २०८३


एभरेष्ट इन्जिनियरिङ कलेजमा आन्तरिक अनुसन्धान प्रस्तुति

काठमाडाैं । शिक्षक तथा विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानलाई सहयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले ललितपुर सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा स्थापित आन्तरिक अनुसन्धान अनुदान कोषबाट गत आर्थिक वर्षमा सहयोग प्राप्त तीनवटा अनुसन्धान कार्यक्रमहरूको परिणामको प्रस्तुति सम्पन्न भयो । कलेजले प्रत्येक वर्ष खुला प्रतियोगिता मार्फत छानिएका अनुसन्धान प्रस्तावहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको छ । 

उक्त कार्यक्रममा भिरालो जमिनमा पहिरो फैलावटको अनुमान गर्ने नयाँ गणितीय विधिको विकास गर्नु भएका कलेजका शिक्षक इन्जिनियर नारायण सापकोटाको प्रस्तुति उच्च कोटीको रहेको कार्यक्रममा उपस्थित विज्ञहरूले बताए । भौतिक शास्त्र र न्यूरल नेटवर्कको सम्मिश्रण गरी विकास गरिएको उक्त पहिरो अनुमान विधि पिआइएनएन संसारकै नौलो रहेको इन्जिनियर सापकोटाले दाबी गरे ।

भुकम्प विपद्को समयमा घाइतेहरूको तत्काल उपचार गर्न जनसंख्याको आधारमा अस्पतालको संख्या र क्षमता, एम्बुलेन्स गाडीहरूको संख्या र स्थान र डाक्टरहरूको संख्याले कसरी प्रभाव पार्दछ र प्रभावकारी सेवा दिन कति संख्या उपयुक्त हो भन्ने विषयमा अनुसन्धानकर्ता न्युटन शाहि ठकुरीले प्रस्तुति गरे । कम्प्युटर आधारित विभिन्न गणितीय विधिहरू प्रयोग गरी घाइते बिरामी र डाक्टरले दिने सेवाको अवधी न्यूनीकरण गर्न सकिने दावी न्युटन शाहि ठकुरीले गरे ।

त्यसैगरी बागमतीको कुन कुन शाखा नदीहरूबाट बग्ने पानीमा रसायनीक र जैविक प्रदुषणको मात्रा कतिको रहेको छ र उक्त प्रदुषणको मात्रा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानकर्ता आयुश कोइराला र शुभम बिकेले संयुक्त प्रस्तुती गरे । 

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकारी अरूण कुमार भण्डारी, अनुसन्धान कमिटि प्रमुख तथा प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा सहप्राध्यापक डा. यज्ञराज पाण्डेले सबै प्रस्तुतकर्ताहरूसँग अनुसन्धान परिणामको व्यावहारीक पक्षलाई थप सबल बनाउनु पर्नेमा जोड दिएका थिए । 














0 प्रतिकृया