Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


पल शाहविरुद्ध १२ देखि १४ वर्ष कैद सजाय माग दावी सहित बलात्कार मुद्दा दर्ता

एक्सन खबर
चैत, ८, २०७८


पल शाहविरुद्ध १२ देखि १४ वर्ष कैद सजाय माग दावी सहित बलात्कार मुद्दा दर्ता

काठमाडौं । नाबालिका बलात्कारकाे आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो ।

नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।  

अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । उनलाई भने पललाई मागदावी गरेकाे सजायको आधा कैद सजाय माग गरेकाे उनले बताए । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो नै मुद्दा दर्ता गराउने तयारी थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन् । पलविरुद्ध तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।

यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोगपत्र दायर गरिएको थियो । गत ३ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको थियो ।

नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको थियो ।

शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।













0 प्रतिकृया