Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


यी हुन् बिरगञ्ज महानगरमा नेकपा एमालेले उठाएका उम्मेदवारहरू (नामावली सहित)

एक्सन खबर
बैशाख, १४, २०७९


यी हुन् बिरगञ्ज महानगरमा नेकपा एमालेले उठाएका उम्मेदवारहरू (नामावली सहित)

पर्सा । नेकपा एमालेले विषेश रूपमा हेरेकाे बिरगञ्ज महानगरपालिकामा नगर प्रमुख र वडाध्यक्षहरूले भब्यताका साथ मनाेनयन दर्ता गराएका छन् । पर्साका सबै क्षेत्रहरूमा जित हासिल गर्नेगरी रणनीति बनाएकाे एमालेले बिरगञ्ज महानगरकाे निर्वाचनलाई प्रतिष्ठाकाे विषय बनाएकाे छ ।

वीरगञ्जमा कांग्रेस, जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको सत्ता गठबन्धन र नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर बनेको विपक्षी गठबन्धन बीच प्रतिष्पर्धा हुने निश्चित छ ।

एमालेले महानगर प्रमुखमा विजय कुमार सरावगीलाई उम्मेद्वार बनाउँदा सत्तारूढ गठबन्धनले जसपाका राजेशमान सिंह उम्मेद्वार छन्  । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्जका पूर्व मेयर गोपाल गिरीका छोरा तथा सञ्चारकर्मी गिरिश गिरीले महानगरको मेयरमा उम्मेदवारी दिएपनि त्यसले कुनै अर्थ नराख्ने बुझिएकाे छ ।

नेकपा एमालेले देशका अधिकांश स्थानमा गठबन्धन नगरीकन उम्मेदवारी दिइरहेकाे अवस्थामा विरगञ्जमा लाेसपासँग गठबन्धन गरेकाे हाे । उपमेयर लाेसपालाई दिइएकाे छ । एमालेलाई विरगञ्जमा बहुमत सहित जित दिलाउने अभिप्रायले एमाले प्रदेश सदस्य पूर्व महानगरपालिका मेयरका प्रत्यासी बसरूद्धिन अन्सारी, जिल्ला अध्यक्ष प्रभु हजरा लाेसपाका नगर, जिल्ला तहका नेता तथा एमालेका नगर, प्रदेश र जिल्लाकै नेतृत्व विरगञ्जमा उत्रिएकाे छ ।

मेयर पदका प्रत्यासी सरावगी २०७४ सालकाे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम (हाल जसपा) बाट मेयरमा विजयी भएका उम्मेदवार हुन् । ०७४ मा सिंह भने राजपाबाट मेयरमा लड्दा तेश्राे स्थानमा थिए ।

यी हुन् नेकपा एमालेबाट बिरगञ्जका सबै क्षेत्रमा उम्मेदवारी दिनेहरू
नगरप्रमुख :-बिजय कुमार सरावगी
वार्ड १ अध्यक्ष :-बांके बिहारी प्रसाद
वार्ड २ अध्यक्ष :-मतलूम ठकुराई
वार्ड ३ अध्यक्ष :-सुशील कण्ठ
वार्ड ४अध्यक्ष :-सुमन श्रेष्ठ
वार्ड ५अध्यक्ष :-प्रदीप चौरसिया
वार्ड ६अध्यक्ष :-ध्रूव लाठ
वार्ड ७अध्यक्ष :-अरुण क्षेत्रि
वार्ड ८अध्यक्ष :-राजकिशोर गुप्ता
वार्ड ९अध्यक्ष :-मिनाक्षी कर्माचार्य
वार्ड १०अध्यक्ष :-अजय गुप्ता
वार्ड ११अध्यक्ष :-प्रदुम्न सेढाइ
वार्ड १२अध्यक्ष :-सुरेश गुप्ता
वार्ड १३अध्यक्ष :-हिरा गिरी
वार्ड १४अध्यक्ष :-भरत प्रसाद कुर्मी
वार्ड १५ अध्यक्ष :-सतिश सिंह राजपुत
वार्ड १६अध्यक्ष :-असाहब मियां ठकुराइ
वार्ड १७अध्यक्ष :-संजिव क्षेत्रि
वार्ड १८ अध्यक्ष :-मदन कुर्मी
वार्ड १९अध्यक्ष :-गठबन्धन
वार्ड २०अध्यक्ष :-रामकिशोर सिहँ
वार्ड २१अध्यक्ष :-हबिब मियाँ
वार्ड २२अध्यक्ष :-ग्यासुदिन मियाँ
वार्ड २३अध्यक्ष :-अवधकिशोर कुशवाहा
वार्ड २४अध्यक्ष :-बिजय पटेल
वार्ड २५अध्यक्ष :-बिसराज राउत कुर्मी
वार्ड २६अध्यक्ष :-खुरम आलम
वार्ड २७अध्यक्ष :-प्रदीप यादव
वार्ड २८अध्यक्ष :-गिर्जा देबि
वार्ड २९अध्यक्ष :-नविजान अंसारी
वार्ड ३०अध्यक्ष:- अमानत अंसारी
वार्ड ३१अध्यक्ष :-जितेन्द्र यादव
वार्ड ३२अध्यक्ष :- बासदेव राउत अहिर













0 प्रतिकृया