Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, १४, २०७९


काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँ सुकुम्बासी बस्तीमा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय लोयला सेकेन्डरी स्कूलको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

लोयला स्कूलमा सञ्चालन गरिएको शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १८९ जनाको भिडियो एक्सरे, १७८ जनाको रक्त परीक्षण र १२७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २२ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

 केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।















0 प्रतिकृया